फोटो फिचर

“मनमा बास मागी” ले खोल्यो सांगीतिक क्षेत्रमा संजय तामाङको लागि बाटो, चुनौती र अवसर उत्तिकै

अनलाइन नेपालगंज

मंगलवार, १२ असार २०७५

अनलाईननेपालगंज डटकम :
केहि दिन अगाडी मात्र “मनमा बास मागी” बोलको सुमधुर गीत रिलिज भयो | गीत रिलिज भएको धेरै समय भएको छैन करिब १ हफ्ता बित्यो | १ हफ्ताको अन्तरालमा गीतले राम्रो प्रतिक्रिया बटुल्न सफल भयो | हुन त यो गीत विशेष गरि यस गीतका गायक संजय तामाङको लागि निकै महत्वोपूर्ण मानियो | किन भने उनले यसै गीत मार्फत नै नेपाली सांगीतिक क्षेत्रमा डेब्यु गरेका हुन् | उनको आगामी यात्रा कस्तो रहने यसै गीतले नै केहि हद सम्म निर्धारण गर्दछ | गीत जे जस्तो भए पनि गीतमा उनको स्वरले राम्रो ठाउँ पायो | दर्शक श्रोताले उनको स्वरको प्रशंसा गरे र सम्भावना बोकेको गायकको रुपमा उनलाई हेरिन थालेको छ अहिले | अब अगाडिको दिनमा उनले दर्शक श्रोता उक्त मनोबललाई कति हद सम्म माथि पुर्याउने हो त्यो भने हेर्न बाँकी नै छ |

गायक संजय तामाङको यस गीतमा ए.जे एन.के आर्याको शब्द र बिनय केटुको संगीत र अरेन्ज रहेको छ । गीतको बलियो पक्ष गीतको म्युजिक भिडियोलाई पनि मानिएको देखियो | युटुबमा भिडियोको राम्रो चर्चा भयो | भिडियो भन्दा अझ बढी भिडियोमा अभिनय गर्ने कलाकारको पनि भयो | मोडल पवन थिङ र सुस्मा लिम्बुले यस गीतमा अभिनय गरेका छन् | पवनले अहिले सम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसके तर यस भिडियोमा अलिक फरक अवतारमा देखिए | उनको हाउभाउ र अभिनय क्षेमता र शैलीको भिडियो अनुसार धेरैले प्रशंसा गरे | पछिल्लो समय उनि अभिनयको हिसाबले निकै मेहेनतका साथ अगाडी बढी रहेका छन् | उता सुस्माको सुन्दरताको पनि राम्रै चर्चा भयो यस भिडियोमा सबैको समायोजनले होला भिडियोलाई बढावा मिल्यो |

सम्पूर्ण छायांकन मलेसियामा गरिएको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन र छायांकनको साथमा ललित साउदको सम्पादन रहेको छ । निर्माण पक्षबाट पनि साधारण शैलीमा मलेसियाको केहि रोमान्चक दृष्यांकन भिडियोमा जोड्न खोजिएको देखियो तर कति हद सम्म सफल भए त्यो त दर्शकहरुको मुल्यांकनमा भर पर्छ | पहिलो गीत रिलिज भईसक्दा अब गायक संजय तामाङलाई भने निकै मेहेनतको आवश्यकता पर्ने देखिन्छ | अबको यस पछिको गीतबाट अवश्य पनि दर्शक श्रोताले उनीबाट धेरै नै अपेक्षा गरेका छन् | उनले उक्त अपेक्षालाई कति हद सम्म पुरा गर्न सक्ने हुन् त्यो उनको मेहेनतमा भर पर्दछ | तर उनि भने आफु अब अगाडी यो भन्दा अझै बढी दमदार गीत लिएर आउने पक्षमा रहेका छन् | उनले दर्शक श्रोताको साथले गर्दा नै आफुलाई हौसला मिल्ने र अगाडी बढ्न सक्ने बताउदै सबै दर्शक श्रोता संग उचित सल्लहा सुझाब र प्रतिक्रियाको लागि अनुरोध गरेका छन् |

हेर्नुस भिडियो :