फिचर

पहिलो भिडियोबाटै दर्शकबाट प्रशंसा बटुले पछि दोस्रो म्युजिक भिडियोमा हेरोजनको यस्तो लुक्स

अनलाइन नेपालगंज

आईतवार, १० असार २०७५

अनलाईननेपालगंज डटकम :
केहि समय अगाडी मात्र नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाले आफ्नो अभिनय यात्रालाई यति बेला तीव्रता दिइरहेका छन् | उनको एक पछि अर्को म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ | निकै कम समयमा यत्तिको रफ्तारमा अगाडी बढ्नु भनेको सानो कुरा भने होइन | असफलतालाई शक्ति बनाएर उनि निरन्तर अगाडी बढिरहेका छन् | उनको पहिलो म्युजिक भिडियोमा दर्शकहरुले उनको अभिनयलाई निकै नै रुचाएको देखियो | उनको अभिनय शैलीको बेग्लै चर्चा हुन थाल्यो | सायद त्यसकारण नै होला उनको हौसला पनि बढ्यो र उनि एक पछि अर्को प्रस्तुति दर्शकहरु माझ पेश गर्न आतुर पनि देखिन्छन |

उनको दोस्रो म्युजिक भिडियोको छायांकन केहि दिन अगाडी मात्र सकिएको छ | सम्पूर्ण छायांकन मलेसियामा गरिएको उक्त भिडियोको यति बेला धमाधम सम्पादन कार्य भईरहेको छ | अबको केहि दिन भित्र नै उक्त भिडियो युटुबमा रिलिज गरिने मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाले जानकारी समेत दिएका छन् | उनको दोस्रो म्युजिक भिडियोको स्वरूप “यस्तो एउटा संसार” बोलको गीतको भिडियोमा अभिनय गरेका हुन् | जानु कामबाङ लिंग्देनको शब्द, गंगा राज राईको संगीत रहेको उक्त गीतमा सुनिता थेगिम र गंगा राज राईकै सुमधुर स्वर समावेश रहेको छ | गीतको अरेन्ज भने उदय राज पौडेलले गरेका हुन् | रोमान्टिक शैलीको यस गीतको भिडियो सबैले निकै मेहेनत गरेको मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको भनाई रहेको छ |

भिडियोको छायांकनको केहि तस्बिरहरु पनि सार्वजनिक गरिएको छ | सार्वजनिक तस्बिरहरुलाई आधार मान्ने हो भने भिडियोमा हिरोजन र कल्पना गुरुङको जोडी निकै सुहाएको छ | त्यस्तै यी २ कलाकारको अभिनय पनि भिडियोको मुख्य पक्ष रहेको देखिन्छ | गीत संग संगै बगेर नै यी २ ले अभिनय गरेको देखिन्छ | मन्जरी थिएटर ग्रुपको प्रस्तुति रहेको यस गीतको भिडियोमा फुर्बा दोर्जे मोक्तानको छायांकन र अमिर माबोको निर्देशन रहेको छ | उनको यात्राले नेपाल भन्दा पनि मलेसियाबाट रफ्तार लियो जसको कारण उनि आज एक पछि अर्को प्रस्तुति दिन सक्षम रहेका छन् | उनको योगदान अवश्य पनि सराहनीय छ तर उनको यात्राले कहिले सम्म आफ्नो गन्तव्यलाई पछ्याउने हो त्यो भने हेर्न बाँकी नै छ |

उनको कामको कुरा गर्ने हो भने उनि निकै लगनशील र मेहेनती रहेका छन् | उनको अभिनय कलाको पनि बेग्लै स्तर छ | उनि नेपाली कला क्षेत्रलाई नया ढंगले माथि उठाउनु पर्छ भन्ने पक्षमा रहेका छन् | उनले मलेसियामा नै रहेका थुप्रै नव प्रतिभाहरुलाई साथ र सहयोग दिनुको साथै उनीहरुलाई सहि मार्ग दर्शन समेत दिइरहेका छन् | मलेसियामा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा समेत उनको उल्लेखनीय भूमिका रहने गरेको छ | नेपाली कला संस्कृतिको उनले विदेशमा जगेर्ना गर्दै आईरहेका छन् | उनको नया म्युजिक भिडियो अब छिट्टै नै रिलिज हुने उनले जानकारी दिएका छन् | छायांकन समाप्त हुन साथै यति बेला भने भिडियोको धमाधम सम्पादन कार्य भईरहेको छ |

आफ्नो पहिलो भिडियो भन्दा दोस्रो म्युजिक भिडियोमा फरक गर्ने प्रयास गरेको र आफ्नो अभिनयमा पनि निखार लिएर आउने प्रयास गरेको उनले बताएका छन् | उनको दोस्रो म्युजिक भिडियो के कस्तो रहने हो र दर्शकहरुले कत्तिको साथ दिने हो त्यो त समयले बताउने नै छ | तर आफ्नो तर्फबाट भने आफुले सधैव धेरै नै प्रयास गर्ने गरेको र यो प्रयासलाई कहिले नछोड्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुनको लागि आग्रह समेत गरेका छन् | उनले पछिल्लो समय गर्दै आएको कामले नेपाली कला क्षेत्रलाई ठुलो बढावा पुगेको छ | उनको यस किसिमको योगदानको कदर सहि तरिकाले हुन जरुरी पनि देखिन्छ तर यसको लेखाजोखा गर्ने काम भने दर्शकहरुको हातमा छ |