फिचर

शम्भु मोक्तानको निर्देशन र अभिनयमा रिलिज भयो “चोट लाग्यो”, दर्शकले मनपराए शम्भुको अभिनय

अनलाइन नेपालगंज

शुक्रबार, ८ असार २०७५

अनलाईननेपालगंज डटकम :
मोडल शम्भु मोक्तान तामाङको निर्देशन र अभिनय रहेको “चोट लाग्यो” बोलको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ | यो भिडियो सार्वजनिक भएको केहि दिन बितिसक्यो र यसले युटुबमा दर्शकहरुको राम्रो प्रतिक्रिया समेत प्राप्त गरिरहेको छ | सार्वजनिक यस गीतमा कोष बोम्जनको शब्द, आर.बि लामा र कोष बोम्जनकै संगीत र तारा लक्सम लिम्बुको स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम भने टेकेन्द्र शाहले गरेका हुन् | मलेसियामा छायांकन गरिएको यस भिडियोमा शम्भु संगै शान्ति बान्तवा राई र ताशी शेर्पाको समेत अभिनय रहेको छ | त्यस्तै भिडियोमा कोष बोम्जनको छायांकन रहेको छ |

तामाङ चलचित्र मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गरेका उनको यात्रा अभिनय हुँदै निर्देशन सम्म आईसकेको छ | यति बेला उनि नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रै जमेको देखिन्छ | तर उनि पुनः चलचित्रमा नै फर्किने पनि ठुलो संकेत देखिन्छ | हुन त उनले यस विषयमा कुनै पनि कुरा खोलेका छैनन् तर प्राप्त जानकारी अनुसार उनि नया चलचित्र गर्ने तयारीमा लागेका छन् | आगामी दिनमा अवश्य पनि यस विषयमा खुलासा हुने नै छ | मलेसियामा बसेर यस क्षेत्रमा लागिरहेका उनको अभिनयमा फरक पन भने अवश्य नै छ | चलचित्रमा काम गरिसकेको अनुभवले गर्दा पनि उनलाई म्युजिक भिडियोमा केहि फरक देखिएको पनि हुन् सक्छ |

उनलाई मोडल या कुशल अभिनेता मात्रै भन्दा उनको परिचय अधुरो हुन्छ किन भने उनले आफुलाई कुशल म्युजिक भिडियो निर्देशकको रुपमा पनि खडा गरिसकेका छन् | हुन त उनले आफ्नो यात्रा अभिनय क्षेत्रबाट नै सुरु गरेका हुन् तर आजको दिन सम्म आईसक्दा उनले आफुलाई निर्देशन विधामा पनि स्थापित गरिसकेका छन् | उनको थुप्रै नया म्युजिक भिडियोहरु अब रिलिजको तयारीमा रहेको उनले जानकारी दिएका छन् | दर्शकहरुको साथ र मायाले नै आफुलाई यो स्थान सम्म ल्याई पुर्याएको उनको भनाई रहेको छ | त्यसैले उनले आफ्नो प्रस्तुतिको बारेमा प्रतिक्रिया दिन समस्त दर्शकहरु संग बिन्ति बिसाएका छन् | त्यसै गरी उनले आगामी भिडियोमा आफ्नो अभिनयमा अझ बढी निखारता लिएर आउने प्रतिबद्धता समेत जाहेर गरेका छन् |

हेर्नुस भिडियो :