फिचर

सांगीतिक क्षेत्रमा चम्किरहेको एक नक्षत्र गायक पल पाख्रिन, विदेशी भुमिबाट गर्दैछन् यस्तो प्रयास

अनलाइन नेपालगंज

बिहीबार, ७ असार २०७५

अनलाईननेपालगंज डटकम :
गीत संगीत एउटा यस्तो चिज जसले कसैको मन पनि खुशी बनाउन सक्छ | कसैलाई पनि आनन्द दिन गीत संगीत सक्षम हुन्छ | हुन त कतिपए व्यक्तिहरुको लागि लागु नहुन पनि सक्छ तर अधिकांशमा यो कुरा सतप्रतिशत लागु नै हुन्छ | गीत संगीतमा गायन विधा उत्तिकै सशक्त विधा हो | सबैको बसमा यो हुदैन पनि सिमित व्यक्तिहरुको गलामा मात्र यो शक्ति हुने गर्दछ | यो कुरा गर्दै गर्दा गायक गायिकाहरु तर्फ नै यो कुरा केन्द्रित हुन् जान्छ | तर हामी गायिका भन्दा पनि आज गायक तर्फ अलिक बढी नै केन्द्रित छौ | नेपालको हकमा कुरा गर्ने हो भने गीत संगीत उत्तिकै अब्बल छ त्यस हिसाबले गीत संगीतमा लाग्ने थुप्रै व्यक्तिहरुको नाम छ | केहि अब्बल हिसाबले स्थापित भैसके केहि हराएर गए भने केहि आफ्नो फरक पहिचान बनाउने काममा लागि नै रहेका छन् | हामी कुरा गर्दैछौ आज यस क्षेत्रमा निरन्तर लागेर आफ्नो छुट्टै पहिचान बनाउन प्रयासरत गायकहरुको | नाम धेरै छ तर त्यसबाट आज हामी एउटा नाम बाहिर निकाल्दै छौ | उक्त नाम हो पल पाख्रिन | कतिले यो नाम सुन्नु भो होला कतिले छैन पनि होला | सुन्नु भाको जतिले पनि उनलाई एउटा गायकको परिचयले मात्र चिन्नु भा होला तर उनको संगर्ष अहिले सम्म कसैको अगाडी खुलेको छैन |

उनको सांगीतिक यात्राको सुरुवात कसरी भयो यो सबैको लागि कौतुहलताको विषय हो | बाल्यकाल उनको सिन्धुपाल्चोकमा जन्मेर बित्यो | त्यहाँ भन्दा केहि बाहिर निस्किए उनि आफ्नो सानै देखिको सपना संगीतको गन्तव्य खोज्न तर नेपालमा त्यति सहज थिएन | केहि समय उनि हतालीय पनि तर हार भने खाएनन | समयले एक दिन साथ अवश्य दिनेछ भन्ने विश्वास उनको मनमा जीवित नै थियो | केहि गर्छु भन्ने भावना उनको मनमा अटल रुपमा स्थापित थियो | तर धेरै कोशिश गर्दा पनि नेपालमा उनले मार्ग दर्शन पाउन सकेनन कारण धेरै छन् उनको बुझाईमा | पारिवारिक माहोल र जीवन गुजाराको बाध्यता उनि मलेसियाको यात्रा निस्किनु पर्यो | उनले आफ्नो सपनालाई मनमा सजाएर नेपाल छोडे | विदेशको नौलो ठाउँ कामको चाप तर पनि गीत संगीत प्रतिको लगाव भने उत्तिकै ताजा | सायद त्यसैले होला समयले पनि उनलाई सहि ठाउँमा पुर्याएको थियो |

उनको विश्वासले काम गर्यो | तर मलेसियामा नै उनको सपनाको बाटो खुल्छ भन्ने कुरामा उनको ध्यान थिएन | मलेसियाको माहोल संग उनको नजिकपन भयो | समय उनको पक्षमा रहयो धेरै साथीभाईको सल्लहा सुझाब र सहयोग र आफ्नो पनि लगनले उनि मलेसियाबाट नै सांगीतिक यात्रामा निरन्तरता दिने पक्षमा लागे | प्रवेश त उनको नेपालमा नै भईसकेको थियो तर सहि गन्तब्यको पहिचान भने मलेसियाले गरायो | करिब २ बर्षको अन्तरालमा उनको करिब ७ वटा भन्दा बढी गीत रिलिज भईसक्यो । त्यस मध्य अधिकांशले राम्रो चर्चा समेत कमायो । पछिल्लो समय उनि मलेसियामा नै रेकर्डिङ स्टुडियो खोल्ने तयारी गर्दैछन् । मलेसियामा रहेका थुप्रै नव प्रतिभाहरुलाई यस क्षेत्रमा आबद्ध गराउन र प्रेरणा दिनको लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई रहेको छ । मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा समेत उनको उल्लेखनीय उपस्थिति हुने गरेको छ । उनि बहुमुखी प्रतिभाका धनि व्यक्ति हुन् । उनले गायन संगै कम्पोजिसन र अरेन्ज समेत गर्दछन । सबै विधामा उनले राम्रो अनुभव र ज्ञान हासिल गर्दैछन् । तर आगामी दिनमा भने उनलाई अभिनय तर्फ अग्रसर हुने सोच रहेको उनले बताएका छन् ।

उनि यति धेरै गीतहरुमा आफ्नो स्वर दिए | उनको स्वरमा फरक पन छ भनेर पनि धेरैले तारिफ गरे | उनले धेरै प्रकारको गीतमा आफ्नो सुमधुर स्वर भरिसकेका छन् । तामाङ सेलो गीतबाट आफ्नो गायन यात्रा सुरु गरेका उनले आज सम्म सेन्टिमेन्टल, आधुनिक , डान्स नम्बर र पप गीतमा समेत उनले आफ्नो स्वर दिइसकेका छन् । उनले दिएको जानकारी अनुसार उनको अरु पनि थुप्रै नया गीत रिलिजको तयारीमा रहेको छ । हुन त उनि गायक मात्र होइनन उनि कुशल संगीतकार र अरेन्जर पनि हुन् | तर उनि आफुलाई गायक नै भनेर चिनाउन चाहनछन् | तर उनि अब अभिनय विधामा पनि रुची राख्दछन् | उनले बताए अनुसार उनलाई अभिनय कलाले पनि निकै आकर्षित गरेको छ | सम्भवत उनि आगामी दिनमा अभिनयको हिसाबले पनि अगाडी बढ्ने संकेत देखिन्छ | अबको केहि समयमा नै नेपाल फर्किने तयारी गरेका उनि आगामी दिन अभिनय र गीत संगीतलाई संग संगै लिएर जान चाहने धारणा ब्यक्त गरेका छन् । आफुले सधैव दर्शक श्रोताहरुको लागि नै मेहेनतको साथ गरेको र आगामी दिनमा समेत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् । यस्तै उनले आफ्नो यात्रामा दर्शक श्रोताहरुको साथ र माया आवश्यक भएको भन्दै सबै दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर उचित प्रतिक्रिया दिनुहुन अनुरोध गरेका छन् |

हेर्नुस भिडियो :