विशेष

नेपालगञ्जकी समाचार वाचिकाकाे मृत्यु

अनलाइन नेपालगंज

मंगलवार, ५ असार २०७५

काठमाडाैं ।

दुई महिना अघि बिहे भएपछि अनुपमा राजबंशी समाचार पढ्न आएकी थिइनन् । यसबीच आजबाट समाचार पढ्न आउने कुरा भएको थियो । तर सोमबार राती नेपालगन्जस्थित होटल सिग्नेटमा आयोजित एक कार्यक्रममा सहभागि हुन गएका बेला यि होनहार र युवा सन्चारकमीको निधन भएको छ ।

बागेश्वरी टेलिभिजनमा कार्यरत अनुपमाको गएराती निधन भएपछि आफन्तजन र यहाँका सन्चारकर्मीहरु स्तब्ध भएका छन् । बागेश्वरी टेलिभिजनका समाचार प्रमुख ओबीराज आचार्यले भने,—‘आजबाट समाचार पढ्न आउने कुरा भएको थियो । तर राती नै यस्तो घटना सुन्न आयो । पत्यार नै लागेको छैन । ’

अनुपमाको मृत्यु स्वभाविक नभई अस्वभाविक भएको आफन्तले आशंका गरेका छन् । उनीहरुले होटल व्यवस्थापन माथि छानबिन गर्नुपर्ने र आफुहरुलाई अनुपमाको मृत्युको बिषयमा चित्तबुझ्दो जबाफ आउनुपर्ने बताएका छन् । यता प्रहरीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको छ । मृतक अनुपमाको शव नेपालगन्ज शिक्षण अस्पतालमा राखिएका छ ।