समाचार

गाडीको ठक्करबाट एक जनाको मुत्यु

सोमबार, ४ असार २०७५

काठमाडाैं ।

भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट कपिलबस्तु जिल्लाकाे  यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।

तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गाडीको ठक्करपछि उहाँको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

साभार- रासस