फिचर

अमेरिकामा सकियो टेकेन लुङ्गालीको “ए काली” को रेकर्डिङ, दर्शक श्रोता माझ यसरी हुदैछ रिलिज

अनलाइन नेपालगंज

आईतवार, ३ असार २०७५

अनलाईननेपालगंज डटकम :
गायक टेकेन लुङ्गालीको “ए काली ए काली” बोलको बिल्कुलै नया गीतको रेकर्डिङ कार्य यति बेला समाप्त भएको छ | केहि दिन अगाडी मात्र अमेरिकामा नै उनले आफ्नो यस नया गीतको रेकर्डिङ गरेका थिए | यति बेला गीतको अमेरिकामा नै धमाधम मिक्सिङ कार्य भईरहेको छ | उनको यस गीतमा स्वयम उनको शब्द, संगीत र स्वर समावेश रहेको छ । यस अगाडी देश प्रेम भावना बोकेको रक भर्सन शैलीको गीत बजारमा सार्वजनिक गरेका उनले यसपटक भने रोमान्टिक शैलीको गीत निकाल्न लागेका हुन् | उनको अनुसार अहिलेको यस गीतमा पनि फरक संगीतको मिश्रण छ | यस्तै यस गीतको शब्द पनि निकै सुन्दर र फरक रहेको उनले बताएका छन् |

गीतको भिडियो पनि चाडै नै निर्माण गरिने उनले बताए | सम्भवत उनको यस गीतको भिडियोको छायांकन पनि अमेरिकामा नै हुने देखिन्छ | उनले यस अगाडिको आफ्नो गीतको भिडियोको छायांकन पनि अमेरिकामा नै गरेका थिए | उनि हाल अमेरिकामा नै बस्ने गर्दछन् | उनि अमेरिका बस्न थालेको निकै लामो समय भईसकेको संग संगै उनले नेपाली गीत संगीतमा संगर्ष गरेको पनि धेरै नै लामो समय बितिसकेको छ तर उनले यस क्षेत्रलाई माया मार्न भने सकेका छैनन् | आफ्नो पहिलो प्राथमिकता नै नेपाली गीत संगीत नै रहेको हुँदा यसलाई कहिले पनि नछोड्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |

उनले अमेरिकाको ब्यस्त जीवनबाट पनि बरोबर रुपमा नेपाली गीत संगीतको लागि समय निकालेर खर्चिरहेका छन् | उनको यस संगर्षको दर्शक श्रोताहरुले सहि मुल्यांकन समेत गरिरहनु नै भएको छ | उनको स्वर र संगीतको साथमा गाउने शैलीको दर्शक श्रोताहरुले नै धेरै नै प्रशंसा गरेको पाईएको छ | अरु भन्दा केहि फरक बनाउने प्रयासकै कारण होला नेपाली गीत संगीतमा उनको एक किसिमको छुट्टै नै पहिचान स्थापित छ |

हुन त उनि आफुलाई गायकको दर्जा दिन रुचाउँछन् तर उनि बहुमुखी प्रतिभाका धनि हुन् | उनि गाउनुको साथ साथै गीत लेखन र संगीत विधामा पनि उत्तिकै माहिर रहेका छन् | उनले यी ३ विधालाई संग संगै एकसाथ लिएर गईरहेका छन् र उनि सफल भई पनि रहेका छन् | उनको धेरै गीत बजारमा आईसकेका छन् । यस्तै आगामी दिन धेरै नया गीतहरु बजारमा आउने तयारीमा रहेको उनले जानकारी दिएका छन् । दर्शक श्रोताहरुले आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर उचित प्रतिक्रिया र साथ दिनुहुने विश्वास समेत उनले लिएका छन् ।

हेर्नुस उनको पछिल्लो गीत :