फिचर

मलेसियाको यात्राले जुरायो कला क्षेत्रको गन्तव्य, म्युजिक भिडियोमा रम्दै हिरोजन सुब्बा

अनलाइन नेपालगंज

बिहीबार, ३१ जेष्ठ २०७५

अनलाईननेपालगंज डटकम :
नेपाली कला क्षेत्र बाहिरबाट हेर्दा जति रंगिन देखिन्छ भित्र उत्ति नै कठिन र गार्हो छ । नेपाली कला क्षेत्रमा आज धेरै व्यक्तिहरुको जमात छ । त्यस माथि एक पछि अर्को नया प्रतिभाको प्रवेश त झनै बढी । कतिले बुझेर यस क्षेत्रमा प्रवेश गरेको देखिन्छ भने कतिले चाही केहि दिनको रमाइलोको लागि । केहि दिन रमाउन चाहने भने केहि दिनमै पलायन भएको प्रशस्त उदहारण छ । तर असफलतालाई नै सफलताको मार्ग चित्र बनाउदै अगाडी बढ्दै गएको व्यक्तिहरुको पनि छुट्टै जमात छ । त्यहि जमात भित्रको एक नाम हो हिरोजन तुम्बाहाम्फे सुब्बा । भर्खरै मात्र नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका यी मोडलको पनि आफ्नै संगर्षको कथा छ । तर उनको संगर्षको कथा अरु भन्दा अलिक फरक नै छ ।

ताप्लेजुङमा जन्मेर बाल्यकाल देखि नै नेपाली कला क्षेत्रमा जम्ने सपना सायदै पुरा हुन्थे होला यदि मलेसिया नउडेको भए । यो कथा हो मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको संगर्षको । यात्रा त उनको सानै देखि नै सुरु भएको थियो सहि गन्तव्य उनको अगाडी आएन । समयले सबै कुरा सहि गर्छ भन्ने विश्वास लिएर उनले सहि समय पर्खे तर नेपालमा उनको कला क्षेत्रको यात्रा सम्भव भएन । धेरै कठिनाई र समस्या आए जसको कारण उनलाई नेपालबाट टाढा जानु पर्ने बाध्य बनायो । तर नेपाल भन्दा बाहिर पुगेर नै उनको सपनाले बाटो फेला पार्यो । मलेसिया नै उनको कला क्षेत्रको यात्राको बाटो बन्यो । उनि अहिले यस क्षेत्रमा दुख गरिरहेका छन् तर उनको अतितलाई पनि उनि बरोबर नै सम्झिने गर्दछन् ।

आफु भित्र आत्म विश्वास भए कुनै पनि काम पुरा गर्न सकिने कुराको एक ज्वलन्त उदहारण हुन् उनि । उनले यस क्षेत्रको यात्रालाई सुरु त गरे तर सजिलो भने उनको लागि यो छैन । मलेसियाको ब्यस्त जीवन र त्यसबाट समय निकालेर आफ्नो सपनाको लागि खर्चिनु के हो सम्भव कुरा हुन सक्ला ? यो प्रश्नको जवाफ धेरैले निकै गार्हो छ या सम्भव छैन पनि भन्लान । तर यसलाई साबित गरेर देखाए मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाले । इच्छा शक्ति भए सबै गर्न सकिन्छ भनेर उनले सबैलाई देखाई दिए । तर उनि गार्हो त उनलाई निकै नै पर्दछ । ब्यस्त जीवन त्यहाँबाट समय यस क्षेत्रमा खर्चिनु र निकै नै लामो गन्तब्य पुरा गर्ने सपना सजाउनु र मेहेनत पनि गर्नु यो कुरा नै सुन्दा धेरैको मनमा अनौठो अनुभव होला । तर यहि कुरालाई पुरा गर्नको लागि निकै मेहेनतको साथ हिरोजन लागिपरेका छन् ।

आफ्नो कार्यव्यस्तताका बाबजुत पनि उनले नेपाली कला क्षेत्रको लागि समय निकालेका छन् र यसमा नै सधैब लाग्ने प्रण समय लिएका छन् । करिब २ महिना भयो उनले नेपाली म्युजिक भिडियो क्षेत्रमा हात हालेको । करिब ३ बर्ष भन्दा बढी समय उनको मलेसियामा बितिसकेको छ । करिब २ महिना अगाडी मात्र उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको थियो । उनको पहिलो म्युजिक भिडियोबाट नै उनले धेरै दर्शकहरुको मुखबाट कोरियन लुक्स मोडलको उपनाम पाए । साच्चिकै हेर्ने नै हो भने उनको लुक्स कोरियन मोडल संग मिल्न जान्छ । तर उनको कोरियन लुक्सकै कारण मात्र दर्शकहरुले उनलाई मन पराएको भने होइनन । उनि भित्र स्थापित अभिनय क्षेमताले गर्दा पनि दर्शकहरुले उनको पहिलो प्रयास स्वीकार गरेको देखियो ।

पहिलो म्युजिक भिडियो संगै उनले नेपाली म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरे । अब यो यात्रा निकै लामो जाने र आफुले सक्ने भन्दा पनि बढी मेहेनत गरेर दर्शकहरुलाई अझै बढी खुशी दिने प्रयास गर्ने उनले बताए । हुन अब छिट्टै नै उनको नया म्युजिक भिडियोको छायांकनको तयारी भईरहेको छ । उनि मलेसियामा बसेर यस क्षेत्रमा मेहेनत गर्नुको साथै यस क्षेत्रमा आउन चाहने नया प्रतिभालाई प्रोत्साहन दिने काम समेत गरिरहेका छन् । उनको प्रोत्साहनले आज धेरै नया प्रतिभालाई अगाडी आउन मदत पुगेको छ । अभिनय र मोडलिङ यो २ कुरा आफ्नो प्यासन भएको बताउने उनि हरेक किसिमको म्युजिक भिडियोमा काम गरेको अनुभव लिन चाहन्छन तर विशेष रुपमा आफुलाई आधुनिक गीतको भिडियोमा काम गर्न इच्छा रहेको उनि बताउछन् ।

आफुले आफ्नो हरेक कामबाट नै नया कुरा सिक्ने मौका पाएको र समय संगै आफ्नो प्रतिभालाई निखार्दै लैजाने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् । यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब र अगाडी बढ्ने र अझै राम्रो गर्न सक्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि सबै दर्शकहरु संग आग्रह गरेका छन् ।

हेर्नुस भिडियो :