समाचार

क्यान्सर पिडित एन्जिलालाई दर्शन ठकुरी समाज कुवेतको आर्थिक सहयोग

अनलाइन नेपालगंज

आईतवार, २७ जेष्ठ २०७५

बर्दिया स्थाई घर भइ हाल काठमाण्डौमा उपचारर्थ पाठेघर क्यान्सर पिडित १५ वर्षे बालिका एन्जिला शाहलाई दर्शन ठकुरी समाज कुवेतले एक लाख छ हजार आठ सय रुपैया आर्थिक सहयोग गरेको छ । कुवेतमा संकलित रकम आज राजधानीको कलंकी स्थित एन्जिलाको आफन्तको घरमा पुगेर दर्शन ठकुरी समाज कुवेतका संस्थापक अध्यक्ष डम्बर जंग मल्लले ठकुरी सहयोग संजालका प्रतिनिधीहरुको साथमा एन्जिलाका बुबा ओम विक्रम शाहलाई हस्तान्तरण  गरेका हुन ।


केही महिना देखि नियमित उपचारमा राजधानीमा रहेकी एन्जिलालाई यस अघि ठकुरी समाज दक्षिण कोरियाबाट पनि आर्थिक सहयोग भएको थियो । केही दिन अघिको सल्यकुया पश्चात एन्जिलालाई आफन्तको घरमा राखिएको छ भने किमो चढाउन नियमित अस्पताल जाने गरेकी छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा विश्व ठकुरी समुदयको साझा थलो ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह संगै सचिव सुमित्रा सिंह ठकुरी र प्रदेश नं. २ संयोजक अजय मल्ल ठकुरी उपस्थित थिए । एन्जिलाको स्वास्थ्य अबस्थाबारे पछिल्लो जानकारी लिएका अध्यक्ष शाहले उनको अबस्ता निकै सुदारउन्मुख रहेको बताएका छन् ।


रोजगारीको शिलशिलामा कुवेतमा बसोबास गर्दै आएका ठकुरीहरुको संस्थाका सदस्यहरुको सहयोगमा रकम संकलन गरिएको दर्शन ठकुरी समजा कुवेतका आर्थिक संयोजक रुपेन हमालले बताए ।