फिचर

एक पछि अर्को प्रशिक्षण भेला गर्दै अगाडी बढ्दै नेपाल तरुण दल, गाउँगाउँबाट उठ्दै तरुण युवा

अनलाइन नेपालगंज

शनिबार, २६ जेष्ठ २०७५

अनलाईननेपालगंज डटकम :
पछिल्लो समय नेपाल तरुण दल केन्द्रीय समिति निकै सक्रिय भए पछि अहिले ठाउँ ठाउँमा तरुण दल प्रशिक्षण कार्यक्रमको आयोजना भईरहेको छ । निर्वाचनमा कांग्रेसको ठुलो हार पछि एकाएक नेपाल तरुण दल तातिएको थियो । केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वमा नेपाल तरुण दलले निकै कम समयमा देशभरका सबै तरुण दल जिल्ला अध्यक्ष तथा विदेश शाखा अध्यक्षहरुको प्रशिक्षण भेला, सातै वटा प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण भेला, जिल्ला स्तरीय प्रशिक्षण भेला, गाउँ/नगरपालिका प्रशिक्षण भेला तथा देशका सबै वडामा एकैदिन तरुण दल प्रशिक्षण भेलाको आयोजना समेत गरिसकेको छ ।

करिब २ महिना भन्दा निकै कम समयमा नेपाल तरुण दल केन्द्रीय समितिले यो उल्लेखनीय काम सम्पन्न गरेको हो । यस्तै आज शनिबार नेपाल तरुण दल दक्षिण काली नगर समितिले आयोजना गरेको अगुवा कार्य कर्ता भेला एबम प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुनको लागि नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत त्यहाँ पुग्नु भएको थियो । यस्तै उहा संगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे लगायत जिल्लाका पनि थुप्रै नेताहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम निकै भव्य तरिकाले सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले नेपाली कांग्रेसले आफुले गरेको राम्रो कामको बारेमा खुलस्त रुपमा दर्शक माझ भन्न नसक्दा आज कांग्रेसको यो अवस्था भएको बताउनुभएको छ । यस्तै उहाले यसको प्रमुख कारण पार्टी भित्र जरो गाडेर बसेको गुट उपगुट र नेताहरु बिचको आपसी द्वन्द रहेको उहाको टिप्पणी रहेको छ । यस्तै उहाले कांग्रेसको आजको अवस्थाको जिम्मेवारी सबै जना भएको र सबैजना कहिँ न कहिँबाट आफुले गर्नुपर्ने जिम्मेवारीबाट चुकेकै हो भन्ने धारणा समेत उहाले उक्त कार्यक्रममा राख्नु भएको थियो । यस्तै अबको दिन नेपाली कांग्रेसको एजेन्डा बोकेर हरेक जनताको माझमा नेपाल तरुण दल पुग्ने समेत उहाले बताउनुभयो ।

यस्तै अब सबैले कांग्रेसलाई बलियो र समृद्ध बनाउन तर्फ सोच्नु पर्ने र सबैले आफ्नो निजि स्वार्थ त्यागेर पार्टीको हितको लागि सोच्नु पर्ने समेत उहाको भनाई रहेको थियो । यस्तै कांग्रेसलाई सहि ट्रयाकमा ल्याउने काम नेपाल तरुण दलले गर्ने र यसको सुरुवात समेत भईसकेको समेत उहाले बताउनुभयो । यस्तै अब सबै एकजुट र एकबद्ध भएर अगाडी बढ्नु पर्ने जरुरी भएको कारण उहाले उक्त सभाबाट नै सबैलाई नितात्न्त पार्टीको बारेमा सोचेर एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो । यस्तै उहाले अब कांग्रेस माथि बिस्तारै के.पी ओली सरकारले प्रहार गर्न सुरु गरेको र कुनै पनि बेला कडा सडक आन्दोलनमा जानु पर्ने भन्दै उहाले सबै तरुण साथीहरुलाई तम्तयार भएर बस्न निदेशन समेत दिनुभएको छ ।