मनोरञ्जन

गायक नबिन के भट्टराईको ‘मेरो नाम’ सार्बजनिक

अनलाइन नेपालगंज

शुक्रबार, २५ जेष्ठ २०७५

गायक नबिन के भट्टराई लामो समयपछि आफ्नो गीति संग्रह NKB लीएर दर्शक तथा श्रोता समक्ष आएका छन् । बीच बीचमा केहि गीतहरु आएपनि नबिनले गीति संग्रह भने निकै पछि निकालेका हुन् । म्युजिक नेपालले बजारमा ल्याएको उक्त संग्रहको पहिलो गीत मेरो नाम यु टुब तथा विभिन्न टेलिभिजन तथा रेडियोबाट सार्बजनिक भएको छ।

गीतको शब्द नरेश देव पन्तको रहेको छ । नरेशसंग करिब १३ बर्ष पछि सहकार्य गरेको नबिन बताउछन । नबिनका पुराना गीतहरुमा नरेशकै शब्द हुन्थ्यो। यो गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका छन् । आफ्ना पुराना गीत संगीतजस्तै यो गीतलाइपनि दर्शक तथा श्रोताहरुले मन पराउनु हुन्छ भन्ने आशा नबिनले गरेका छन् । यो बीचमा लाइव शो तथा कन्शर्टमा ब्यस्त भएकोले नया गीत निकाल्न नपाएकोपनि उनि बताउछन ।

यो गीतको अर्को बिशेष कुरा के पनि हो भने यो गीत को रेकर्डिङ पुरानो प्रबिधि ( टेप ) बाट रेकर्डिङ गरिएको हो
डिजीटल प्रबिधिबाट सजिलो हुने भए पनि टेप बाट रेकर्डिङ गर्नु अझै राम्रो भएको नबिन बताउछन ।

गीतको भिडियोमा नब कलाकार टिना राजभण्डारी र संजय भट्टराईको अभिनय हेर्न सकिन्छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोको निर्देशन नविना भट्टराईले गरेकी छिन्

https://www.youtube.com/watch?v=mPjAeHCQ-PQ