समाचार

७४ बर्षको उमेरमा वडा अध्यक्षको पहलमा नागरिकता

अनलाइन नेपालगंज

सोमबार, २१ जेष्ठ २०७५

काठमाडाैं ।

साबिकको सिरीसे गाविस-३ हाल कटारी-८ सिरवानी घर भएकी पोकी माया मगरले ७४ बर्षको उमेरमा नागरिकता पायकी छीन। ७४ बर्षको उमेरमा नागरिकता पाउने पोकी मायाको आफन्त हरु कोही नभएको ले आफुले नागरिकता बनाउन सहयोग गरेको कटारी-८ का वडा अध्यक्ष कमल श्रेष्ठ ले बताउनु भयो।

८ बर्षको उमेर हुँदा आफ्नो श्रीमान बितेको र त्यति बेला आफ्नो पेटमा ३ महीनाको बच्चा रहेको पोकीमायाले बताईन ।
छोरा सानै उमेर देखी बेपत्ता रहेको अहिले कता छ अत्योपत्तो छैन चुनाबका बेला भोट माग्न आउदा कमल श्रेष्ठलाई आफुले आफ्नो आफन्त कोही नभएकोले आफ्नो नागरिकता बनाउन नपाएको गुनासो गरेकी थिय चुनाब पनि कमल भाईले नै जीतेछन अहिले आयर उनले नै घरमा आयर मलाई लियर आयर नागरिकता बनाउन सहयोग गरे उनले खुसी हुदै भनिन” अब त भत्ता पनी पाउछु होला । वडा अध्यक्ष श्रेष्ठले केहि समय अगाडि आफ्नो वडामा नागरिकता को घुम्ति शिविर संचालन गराई नागरिकता बितरण पनि गरेका थिए।अपांगहरु को परिचयपत्र बनाउन पनि उनले आफ्ना वडाका अपांगता भएका नागरिकहरु लाई सदरमुकाम गाईघाटमा रहेको जिल्ला प्रशासन कार्यलय लगेर समेत परिचय पत्र बनाउन सहयोग गर्ने गरेको ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख सुनील पौडेल ले जानकारी दिनुभयो। कटारी-८ कै अर्का एक सुस्त मनस्थित भएकी ६५ बर्षीय बृद्धा निरमाया मगरको पनि आजनै नागरिकता बनाउने काम भएको थियो।