समाचार

कर्णाली डिष्ट्रिलरीलाई दोश्रो जरिबानामा

अनलाइन नेपालगंज

आईतवार, २० जेष्ठ २०७५

काठमाडाैं ।

बाँकेको जानकी गाउँपालिकामा रहेको कर्णाली डिष्ट्रिलरीले आसपासको क्षेत्रमा खेतीमा प्रभाव पार्दै आएको छ । किरणनालामा डिष्ट्रिलरीको बिषादी मिसाईदा त्यसबाट खजूरा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा जानकी गाउँपालिकाका बिभिन्न वडामा  खेतीबाली प्रभावित पारेको स्थानीय बासिन्दाले जनाएका छन् । डिष्ट्रिलरीका कारण  आफ्नाे वडामा खेतीबालीमा नोक्सानी पुर्याएको भन्दै  खजूरा गाउँपालिका १ राधापुरले दोश्रो पटक डिष्ट्रिलरीलाई जरिबाना तिराएको छ ।

दोश्रो पटक एकलाख ६८ हजार रुपिया डिष्ट्रिलरीले उपलब्ध गराएको एकलाख ६८ हजार रुपिया वडा अध्यक्ष सुमन मल्लले राधापुरमा रहेको लिफ्ट सिचाईका अध्यक्ष मगनसिंह थापालाई हस्तान्तरण गर्नुभयो । डिष्ट्रिलरीबाट सबैभन्दा बढि नोक्सान किसानले सहनु परेका छन् , डिष्ट्रिलरीले जरिबाना स्वरुप बुझाएको रुपिया लिफ्ट सिचाईको स्तरउन्नतीका लागि  उपलब्ध गराएको वडा अध्यक्ष मल्लले बताए । यसअघि पनि वडा कार्यालयले डिष्ट्रिलरीका कारण आफ्नाे  वडामा कृषि र वाताबरणमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको भन्दै पहिलो चरणमा  पाँच लाख रुपिया जरिबाना असुल गरेको थियो ।   पहिलो चरणमा प्राप्त भएको पाँच लाख रुपियामा स्थानीयको माग अनुसार सडक निर्माण गरिएको वडा अध्यक्ष मल्लले बताए । डिष्ट्रिलरीले बर्षौसम्म राधापुरका किसानको कृषिबालीमा क्षति पुर्याएको भन्दै वडा अध्यक्ष मल्लले थप क्षतिपुर्तीका लागि समेत छलफल भईरहेको बताए ।

राधापुर लिफ्ट सिचाईका अध्यक्ष समेत रहेका स्थानीय अगुवा मगनसिंह थापाले कर्णाली डिष्ट्रिलरीले बिषादी किरणनालामा मिसाउदा सो पानीको कारण किसानको खेतमा पुग्दा खेतीबालीको उत्पादनमा प्रत्यक्ष ह्रास आएको दावी गरे  । राधापुरबासीले डिष्ट्रिलरीसँग लामो समयदेखि क्षतिपुर्ती माग गर्दै आएको बताउँदै उनले अहिले आएर थोरै भएपनि सम्बोधन भएको बताए ।
डिष्ट्रिलरीले वाताबरणमा प्रत्यक्ष असर पु¥याएको भन्दै स्थानीय बासिन्दाले पटक–पटक कानुनी तथा अन्य दबाबमुलक कार्यक्रम संचालन गर्दै आएका छन् । कर्णाली डिष्ट्रिलरीले प्रशोधन नगरेको बिषादी सिधै नालामा मिसाउँदा त्यसबाट जलचरहरु समेत प्रभावित भईरहेको स्थानीय बासिन्दाले जनाएका छन् । कर्णाली डिष्ट्रिलरीबाट निस्कने गन्धका कारण आसपासका बासिन्दा झनै प्रभावित हुनुपरेको छ ।