स्थानिय समाचार

नेपालगंजमा स्वं राजा बिरेन्द्रको शालिक हटाइए पनि जनताको मनबाट उनको माया हटेन

अनलाइन नेपालगंज

आईतवार, २० जेष्ठ २०७५

स्वं राजा बिरेन्द्र र उनको परिवारले ज्यान गुमाएको १७ वर्ष पछि नेपालगंजमा पहिलो पटक उनको संझनामा दिप प्रज्वलन गरिएको छ । ठकुरी सहयोग संजाल बाकेको आयोजनामा नेपालगंज स्थित धम्बोजी चोकमा हिजो साझ दिप प्रज्वलन गरिएको हो । उक्त ठाउमा राजा बिरेन्द्रको शालिक रहेको थियो सरकारले पटक–पटक शालिकलाई डोजर लगाएर हटाएको छ ।


जनचाहना विपरित शालिक हटाए पनि जनताको मनबाट राजा बिरेन्द्रको माया हटाउन नसकेको यथार्थ उदाहरण हिजोको दिप प्रज्वलन कार्यक्रमले दिएको छ । कार्यक्रम ठकुरी सहयोग संजालको आयोजनामा भए पनि त्यँहा सयौको संख्यामा संपुर्ण समुदायको जनलहर ओर्लिएको थियो । आफ्ना प्यारा राजा बिरेन्द्रको श्रदान्जली कार्यक्रममा उपस्थित सबै निकै भावुक देखिन्थे ।