फोटो फिचर

एक पछि अर्को प्रस्तुति बजारमा ल्याउदै गायक राज गुरुङ

अनलाइन नेपालगंज

आईतवार, २० जेष्ठ २०७५

अनलाईननेपालगंज डटकम :
नेपाली गीत संगीतको क्षेत्रमा धेरै गायकहरुको भिड छ तर धेरै कमले मात्र आफ्नो गायिकीलाई निरन्तरता दिन सकेको देखिन्छ । एउटा गीत निकालेर २-४ दिनको रमाइलो हिसाबले हराएर पलायन हुने धेरै गायकहरुको सुची छ । तर एक पछि अर्को नया नया प्रस्तुतिको साथमा दर्शक श्रोता माझ आउने गायकहरुको पनि राम्रो सुची छ । त्यहि सुची भित्र पर्न सफल एक नाम हो गायक राज गुरुङ । उनले नेपाली गीत संगीतमा पाईला राखेको धेरै लामो समय भयो तर अहिले सम्म पनि गीत संगीतमै निरन्तर लागिपरेको देखिन्छ ।

उनि हाल नेपालमा छैनन भन्नुको अर्थ उनि नेपाल बाहिर नै बसोबास गरिरहेका छन् तर उनको मन भने नेपाली गीत संगीतमै रहेको छ । केहि समय अगाडी मात्र उनले “फुल जस्तो” बोलको सुमधुर गीत बजारमा सार्वजनिक गरेका थिए जसबाट उनले राम्रो चर्चा कमाए । फरक शैलीमा तयार पारिएको उक्त गीतको भिडियो पनि उत्तिकै राम्रो बनेको थियो । उनले उक्त आफ्नो स्वर दिनुको साथै भिडियोमा पनि उनले आफै नै अभिनय गरेका थिए । उनको उक्त भिडियोबाट नै उनको स्वरको मात्र अभिनयको राम्रो प्रशंसा भयो ।

केहि समयको अन्तराल पछि नै उनले अब आफ्नो नया गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । उनले दिएको जानकारी अनुसार अबको २ हफ्ताको बिचमा उनको नया गीत सार्वजनिक हुनेछ । यसपटक गीत भने केहि फरक र पृथक रहेको समेत उनले बताए । उनको सार्वजनिक हुने तयारीमा रहेको गीतको बोल भने “पहिलो भेटको” रहेको छ जसमा मित्र वाम्बुले राईको शब्द, सर्बग्यमान शाक्य र सुमन तामाङको संगीत र सर्बग्यमान शाक्यकै अरेन्ज रहेको छ । गीतमा स्वर भने स्वयम गायक राज गुरुङको रहेको छ । यस गीतले पनि धेरै दर्शक श्रोताको मन खुशी हुने विश्वास उनले ब्यक्त गरेका छन् ।

हेर्नुस उनको पछिल्लो गीतको भिडियो :