खेलकुद

अाइपिएलकाे फानल अाज , उपाधिका लागी चेन्नर्इ र सनराइजर्स भिड्दै

अनलाइन नेपालगंज

आईतवार, १३ जेष्ठ २०७५

काठमाडाैं । 

इण्डियन प्रिमियर लिग (आईपीएल)को ११ औँ संस्करणको उपाधिका लागि आज आइतबार उपाधिको लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिडन्त हुँदै छ ।

दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा पुगेको थियो भने, क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई फाइनल पुगेको थियो ।

यसअघि चेन्नाईले दुई र हैदरावादले एक पटक आइपीएलको उपाधि जितिसकेका छन् । जारी प्रतियोगितामा चेन्नाई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नाई विजयी भएको थियो ।