अन्तराष्ट्रिय समाचार

कमाण्डर सहित अातङ्ककारी मारिए

बिहीबार, १० जेष्ठ २०७५

काठमाडाैं । 

अफगानिस्तानको उत्तरी प्रान्त कु्न्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् ।

तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमाण्डरसहित छ आतङ्ककारी मारिएका छन् ।

सो कारबाहीमा परी कमाण्डर मुल्लाह करिम मुख्लिसको मृत्यु भएको अफगान गृह प्रशासनले जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिनुभएको पनि अर्काे एक समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा आतङ्ककारीको बढी प्रभाव रहेको इलाकालक्षित हवाई कारबाहीमा अफगान सेनालाई नेटो र अमेरिकी सेनाको सहयोग रहँदै आएको छ ।

पछिल्लो समयमा यहाँका आतङ्ककारीले सर्वसाधारण नागरिक र सुरक्षा निकायलाई लक्ष्य गरेर आक्रमणलाई तीब्र पारेकोले सुरक्षा निकायले पनि कारबाहीलाई सशक्त बनाएको बताइएको छ ।

साभार- रासस