समाचार

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

आईतवार, ६ जेष्ठ २०७५

काठमाडाैं । 

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज विहान खसेको पहिरो हटाएपछि यतायात सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चेपेखोलामा विहान पहिरो गएको थियो । पहिरो हटाएर सडक सञ्चालन गरिएपनि ट्राफिक जाम रहेको छ । पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका थिए ।

गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ ।

साभार- रासस