प्रवास

कतारका नेपाली कामदारलार्इ रमजानमा राहत

अनलाइन नेपालगंज

बिहीबार, ३ जेष्ठ २०७५

काठमाडाैं । 

इस्लाम धर्मावलम्बीको पवित्र पर्व सुरू भएसंगै कतार सरकारले इस्लाम धर्मावलम्बीको रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।

कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।

कतार सरकारकाे यस्ताे निर्णयले कतारमा रहेका नेपाली कामदारहरूलार्इ रमजानकाे समयअवधि भरी काममा राहत मिल्ने भएकाे छ ।