भिडियो

नम्बर १ मा अशोक दर्जी

अनलाइन नेपालगंज

बिहीबार, २७ बैशाख २०७५

पुर्वेली बालक अशोक दर्जी आज बाल कलाकारको रुपमा चिनिएका छन् । निम्न बर्गिए परिवारका दर्जीको गलाको कला देखेर युटुवरहरुले पच्छ्याए पछि एकाएक युटुवमा भाईरल बन्न पुगे । बिभिन्न युटुबहरुमा हालिएका उनका अन्तर्वार्तालाई लाखौले हेरेका छन् । दर्जीको पारिवारिक स्थितीको बारेमा सार्वजानिक भए पछी  उनको पढाईको व्यवस्था गर्नका साथै उनलाई सांगेतिक यात्रामा प्रोत्साहन गर्नका लागी सबै तिरबाट सहयोग भईरहेको छ ।

फलस्वरुप संगितकार टंक बुढाथोकी लगायतका केही संगित साधक तथा झापाकै एक बोर्डिड. स्कुलको सहयोगमा उनी बिद्यालय अध्यायन र संगितको साधना गरिरहेका छन् । आज मात्रै टंक बुढाथोकी लगायतका केही व्यक्तिको सहयोगमा अशोकको स्वरमा सजिएको “मन ठुलो की धन ठुलो” बोलको गित सार्वजानिक भएको छ ।

रिलिज भएको छोटो समयमानै हजारौ दर्शकले हेरेर उत्कृष्ट प्रतिकृया दिईरहेका छन् । दर्जीको घर निर्माणको लागी पनि बिभिन्न सहयोगी मनहरुबाट सहयोग रकम उठाउने काम भईरहेको छ ।

गितको भिडियो –