अन्तराष्ट्रिय समाचार

मेदभेदेभ पुनः प्रधानमन्त्रीमा निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, २७ बैशाख २०७५

काठमाडाैं । 

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ ।

शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भन्नुभयो, “म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु । पुनः एक पटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस ।”

मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।