समाचार

के गर्दै छन् ठकुरीहरु बागमतीमा ?

अनलाइन नेपालगंज

शनिबार, २२ बैशाख २०७५

बैशाख २२, काठमाण्डौ । समाजमा जातिय सदभाव कायम गर्दै, इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र प्रवद्धन गर्दै आइरहेको ठकुरी सहयोग संजालले यतिवेला बागमती नदी सफाईलाई पनि निरन्तरता दिइरहेको छ । बागमती सरसफाई अभियान संग हातेमालो गर्दै गत बैशाख ८ गते शनीबार देखि ठकुरी सहयोग संजाल बागमती सफाई अभियानमा लागेको हो । अज बागमती सरसफाईको २६० औ हप्तामा ठकुरीहरु तस्रो पटक सहभागी भए ।

ठकुरी सहयोग संजालको समुह बागमती किनारमा ।

हरेक शनीबार हुने सरसफाई कार्यक्रममा दर्जन बढी ठकुरीहरु सहभागी हुने गरेका छन् । आज तिलगंगा पुलबाट सुरु भएको सफाई अभियान बागमती घाट सम्म पुगेको थियो । बिहान ७ बजे सुरु हुने अभियान करिब दुई घण्टा सम्म निरन्तर चल्ने गरेको छ । ठकुरी सहयोग संजालले यस अघि पनि सिन्धुली गढी, सानो गढी र पौवा गढी सरसफाई गरिसकेको छ । जुन कार्यलाई हाल ठकुरी सहयोग संजाल सिन्धुली र त्यँहाका स्थानिय प्रशासनहरुले निरन्तरता दिइरहेका छन् ।

संजालका अध्यक्ष रशेम जंग शाह फोहोर संकलन गर्दै ।

बागमती सरसफाई अभियान संग ठकुरी सहयोग संजाल लगायत नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र अन्य संघसस्थाहरुले सहकार्य गरिरहेको बागमतमी सरसफाई अभियानका अभियान्ता एंव ठकुरी सहयोग संजालका सल्लाहकार किशोर सिंह शाहीले जानकारी दिनु भयो । आजको सरसफाई कार्यक्रममा ठकुरी सहयोग संजालका अध्यक्ष रेशम जंग शाह, चलचित्र निर्माता तथा कलाकार एवं संजालका सल्लहकार सन्तोष सेन, बागमती अभियान्ता तथा संजालका अर्का सल्लाहकार चक्र बहादुर चन्द, संजालका सल्लाहकार बिष्णु ठकुरी,  सचिव शुमित्रा सिंह, संजालका २ नम्वर प्रदेश प्रमुख अजय मल्ल ठकुरी, संचारकर्मी एवं संजालका संचार प्रमुख रतन चन्द लगायत दर्जर्नौ ठकुरीहरु सहभागी भएका थिए ।

अध्यक्षको साथमा संजालका सल्लाहकार बिष्णु ठकुरी

यो अभियान हरेक शनीबार निरन्तर चलिरहने जानकारी संजालले दिएको छ ।