स्वास्थ्य

यसाे गरे हुन्छ मुख गन्हाउने समस्या टाढा

आईतवार, १६ बैशाख २०७५

काठमाडाैं । 

अहिले मानिसहरू विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन् । हरेकका अा-अाफ्नै समस्या छन् ती मध्ये अधिकांशकाे समस्या मुख गन्हाउने पनि रहेकाे । हरेक उपाय अपनाउँदा पनि मानिसहरू यस समस्याबाट टाढा हुन सकेका छैनन् । हामीले बुझ्नु पर्ने कुरा के छ भने हामीले समस्या भगाउने उपाय मात्रै प्रयाेग गरेर हुँदैन त्यसलाइ सहि ढङ्गबाट प्रयाेग गर्न सक्नु पर्दछ । नत्र भने यसले अर्काे नयाँ समस्या निम्त्याउन सक्दछ । यहाँ हामीले मुखकाे दुर्गन्त्र हटाउने सहि प्रयाेगहरू प्रस्तुत गरेका छाै । जसकाे प्रयाेगबाट याे समस्या केही हदसम्म टाढा हुन सक्दछ ।

 

– सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

– खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

– ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ ।

– प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।

साभार- news24 बाट