राजनिति

सुन कारोबारमा संलग्न व्यक्ति पक्राउ

बिहीबार, १३ बैशाख २०७५

काठमाडाैं । १३ बैशाख ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी  सार्वजनिक गरेको हो ।

सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद गरेको थियो भने एक किलो भने धनुषाबाट बरामद गरेको थियो । ब्यूरोले भदौमा फेला परेको सुन ओसारपसार गर्दै आएका सात जनालाई भने यसअघि पक्राउ गरिसकेको छ । पक्राउ परेका जेड हङलाई आज काठमाडौँ जिल्ला अदालतबाट अवैध सुन ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

साभार- RSS