मुख्य खबर

चेतन हत्याकाण्डका मुख्य अायुक्तलार्इ जन्मकैद

अनलाइन नेपालगंज

मंगलवार, ११ बैशाख २०७५

काठमाडाैं । ११ बैशाख – चेतन मानन्धर हत्याकाण्डका मुख्य अभियुक्त रिगल ढकाललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको ईजलासले चेतनको हत्यामा रिगललाई मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

चेतन हत्याकाण्डमा १५ अभियुक्तमध्ये चार जनालाई जन्म कैदको सजाय सुनाईएको छ । प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्काविरुद्ध जन्मकैदको फैसला भएको छ ।

त्यस्तै सोहनसिंह ढकाललाई १० बर्ष कैद सजाय सुनाईएको छ भने दिपेन्द्र सिंह भनिने दिपेन्द्र मल्ललाई पाँच बर्ष कैद सजाय सुनाईएको छ ।

माधव नेपाली (परियार), विवाद पाठक, हरि वली, प्रीतम थापा, मनिष चौलागाइँ, यम बुढामगर, केशव रोकायलाई तीन/तीन बर्ष कैद सजायको फैसला भएको छ ।  अभियुक्त दीपक केसीले भने सफाई पाएका छन् ।

२०७२ साल असार २८ गते दिउँसो सुर्खेतरोडमा खुँडा प्रहार गरी चेतनको हत्या गरिएको थियो ।