राजनिति

एसिड भनेर पानीको बोतल देखाउँदै तिन लाख नगद लुटियो

अनलाइन नेपालगंज

मंगलवार, ११ बैशाख २०७५

काठमाडौं । ११ बैशाख –  काठमाडौंमा अज्ञात व्याक्तिले आईएमई सेन्टरका दुई कर्मचारीलाई एसिड देखाएर तिन लाख लुटेका छन् ।

काठमाडौंको कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई) सेन्टरका काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार लुटपाट गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।