स्थानिय समाचार

कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित २ जना पक्राउ

अनलाइन नेपालगंज

सोमबार, ३ बैशाख २०७५

काठमाडाैं । ३ बैशाख – संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले कटुवा पेस्तोल र ३ राउण्ड गोली सहित बाँकेमा २ जनालाई पक्राउ गरेको छ । आज कार्यालयमै पत्रकार सम्मेलन गरेर संघीय प्रहरीले बाँकेको जानकी गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको जनाएको छ । संघीय प्रहरी इकाई कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले गएराति जानकी गाउँपालिका ६ बाट पेस्तोल र गोलीसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३६ बर्षिय प्रमोद कुमार चमार र ३३ बर्षिय शोभाराम यादव रहेको संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जका प्रहरी नायब उपरिक्षक प्रमोद कुमार सिंहले जानकारी दिनुभयो ।

भे १ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाई छिपाई ल्याइरहेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि संघीय प्रहरी कार्यालय नेपालगन्जले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको जनाएको छ ।