खेलकुद

इङ्लिस प्रिमियर लिगको उपाधि चार खेल अगावै म्यानचेस्टर सिटीलाई

अनलाइन नेपालगंज

सोमबार, ३ बैशाख २०७५

काठमाडौँ । ३ बैशाख – म्यानचेस्टर सिटीले यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड आफ्नै घरमा १–० ले पराजित भएपछि सिटीले चार खेल अगावै उपाधि जितेको हो ।

चार खेल बाँकी रहेको अवस्थामा सिटीले युनाइटेड भन्दा १६ अंकको अग्रता बनाएको छ । यस्तोमा युनाइटेडले बाँकी चार सबै खेल जित्दा र सिटीले सबै खेल गुमाउँदा पनि उपाधि सिटीकै पोल्टामा जाने पक्का भएको हो ।

दोस्रो स्थानमा रहेको युनाइटेडले वेष्टब्रोमसँग १-० को हार व्यहोरेको हो । यो हारसँगै युनाइटेड लिग लिडर सिटीभन्दा १६ अंकले पछाडि परेको छ र लिगमा अब उसले ५ खेल मात्र खेल्न बाँकी छ ।

३३ राउन्डको खेल सकिँदा सिटीले ८७ अंक जोडिसकेको छ भने युनाइटेडले ७१ अंक मात्रै जोडेको छ ।