समाचार

ठकुरी सहयोग संजालले ५औ बृहत जमघट तथा भेटघाट नेपालगन्जमा गर्दै

अनलाइन नेपालगंज

शुक्रबार, २३ चैत्र २०७४

नेपालगन्ज , ठकुरी सहयोग संजालले  ठकुरी समुदायको हक अधिकार तथा कला र संस्कृति संरक्षणको लागि नेपालगन्जमा पाँचाै बृहद भेला आयोजना गरिने भएको छ । आगामी चैत २४ गते भेरी प्राबिधिक शिक्षालयमा आयोजना गरिन लागेको सो भेलाले ठकुरी भए कै कारण राज्यले गरेको विभेदका बिरुद्ध एकताबद्ध हुने अवसर समेत मिलेको बताईएको छ ।

भेलाको तयारीको लागि नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठकुरी सहयोग सञ्जालका कानुनी सल्लाहकार किरण शाहले ठकुरी जातिको एकता नहुँदासम्म आफुहरु माथि राज्यले पूर्व शाशकहरु भएको भन्दै विभिन्न अवसरबाट बञ्चित गराएको दाबी गरे ।
उनले विभिन्न आफुहरुको भेलाको एउटै उद्देश्य सबै ठकुरी जातिहरु एउटै संगठनमा गोलबद्ध हुने र ठकुरी जातिको संबृद्धिको लागि पहल गर्ने बताए । उनले कर्णाली अञ्चलका मात्र नभई नेपाल अधिराज्य भरि विभिन्न जिल्लाका गरिब तथा विपन्न १९ जना ठकुरी र गैर ठकुरीलाई छात्रबृत्ति दिनुको साथै राज्यलाई विपत्ती परेको बेलामा विभिन्न खालका सहयोग समेत गर्दै आएको जानकारी दिए ।

स्थानीय आयोजकका रुपमा संयोग जंग शाहले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा आयोजना गरिने सो कार्यक्रममा १ हजार सहभागि हुने दाबी गरे । उने भने–‘देश विदेसमा रहेका सबै ठकुरीलाई नित्याईएको छ । केही आईसकिस्यो केही आउदै हाईसिन्छ ।’
उनले नेपालमा करिव ७ लाखको हाराहारीमा ठकुरी समुदाय भएको दाबी गरे ।