मुख्य खबर

अफिम सहित रुकुमका एक व्यक्ति बर्दियामा पक्राउ

अनलाइन नेपालगंज

बिहीबार, ८ चैत्र २०७४

चैत्र ८ गते बर्दिया
बर्दिया प्रहरीले सात सए असी ग्राम कालो अफिम सहित रुकुम वाफिकोटका एक युवकलाई पक्राउ गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका वार्ड न ११ स्थित कटटीलालपुर गाउको खेतबारीमा हिडिरहेको अवस्थामा प्रहरीलाई देखेपछि संकास्पद तवरले भारत तर्फ भाग्न खोज्दै गर्दा रुकुम बाफिकोट गाउपालिका वार्ड न ७ का ४० वर्षिय रुद्रबहादुर जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीले संकामानि जैसीको झोला चेकगर्ने क्रममा कालो सल भित्र पलास्टिकले बेरी राखेको सात सए असी ग्राम कालो अफिम फेला पारेको हो । खत्रीलाई उक्त सामान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको बर्दिया प्रहरीले जनाएको छ ।