मनोरञ्जन

‘लिली बिली’ को ट्रेलर सार्वजनिक

अनलाइन नेपालगंज

मंगलवार, २२ फाल्गुन २०७४

यसवर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘‘लिली बिली’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको  छ । बेलायत र इन्स्तानबुलको रमणीय दृश्यमा छायाँकन गरिएको फिल्मको दृश्य लोभ लाग्दा छन् ।

फिल्ममा प्रदीप खड्का , जसिता गुरुङ ,प्रियंका कार्की , सबिन श्रेष्ठ , अनुप विक्रम शाही लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । लभ ड्रामा यसफिल्मलाई गोविन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।