मुख्य खबर

गुट-उपगुटलाई फालेर एक ढीक्का भएर अगाडी बढौ : तरुणदल अध्यक्ष जित जंग बस्नेत

अनलाइन नेपालगंज

मंगलवार, ८ फाल्गुन २०७४

अनलाईननेपालगंज डटकम :
हिजो फाल्गुन ७ गते ६८औं प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल केन्द्रीय समितिले नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा उपत्यका स्तरीय अगुवा तरुण कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल तरुणदलका पदाधिकारीहरु र तरुणदलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तरुणदल केन्द्रीय समितिले नेपाली कांग्रेसका स्वर्गीय अग्रज नेताहरुलाई सम्झिदै उहाहरुको फोटोमा माल्यार्पण गर्दै त्यहाँ उपस्थित सबैले १ मिनेट मोहन धारण समेत गरेको थियो ।

कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, महासचिव भुपेन्द्र जंग शाही, निवर्तमान केन्द्रीय सदस्य र बिभिन्न जिल्लाका अध्यक्षहरुले पालैपालो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै तरुणदल केन्द्रीय अध्यक्षले पार्टीका नेताहरुले चासो नदेखाएका कारण तरुणदल संगठनले पूर्णता नपाएको र यसलाई निकास गर्न अब सबैले सोच्ने पर्ने दिन आएको र सबै मिलेर माथिल्लो स्तरका नेताहरुलाई यस बिषयमा पहल गर्न घच्घच्याउनै पर्ने बताउनुभएको थियो ।

यस्तै उहाले कांग्रेस पार्टी हारेको होइन बरु कांग्रेसका नेताहरु र कार्यकर्ताहरु हारेको पनि उल्लेख गर्नुभयो । यस्तै उहाले नेपाली जनताले नेपाली कांग्रेस र कांग्रेसको एजेण्डालाई मनपराएको तर नेता र कार्यकर्तालाई भने मननपराएको बताउनुभयो । त्यसकारण अब सबै नेताहरु र कार्यकर्ताहरु जनताको अगाडी गएर उनीहरुको हक अधिकार र न्यायको लागि आवाज उठाएर लड्नु पर्ने जरुरी रहेको समेत अध्यक्ष बस्नेतले बताउनुभयो । यस्तै उहाले अब संगठन बलियो र मजबुतको साथमा अनुशासित समेत बनाउनको लागि सबैले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने पनि उल्लेख गर्नुभयो । यस्तै उहाले सबैलाई आफ्नो तह देखि आफ्नो ठाउँमा सके सम्म धेरै रुपले संगठन बनाउन निर्देशन समेत दिनुभयो ।


त्यसै गरि उहाले आफु भए ठिक अरु भए गलत भनि पार्टी र नेतालाई गाली गरेर लोक हसाउन देखि टिठ लाग्दछ भन्दै पार्टीलाई त जनताले पत्याएको छ भन्ने त समानुपातिकको मतबाट प्रष्टिएकै छ तर नेता र कार्यकर्ता अझै जनताको मन-मस्तिष्कमा बस्न सकेको रैन छ भन्ने कुरा पनि उहाले प्रष्ट पार्नुभयो । यस्तै उहाले अबको यो पाँच बर्ष जनताको नजिक जाने र संगठन चुस्त र दुरुस्त गर्ने समय हो भन्नुभयो । यस्तै नेताहरुसित केही बिमती भए चुकुल लगाएर आफ्नो भनाई जोड-तोड्ले राखौं र नेताका पछाडी दुनिया गाली गर्ने अघाडी पर्दा चाकडि गर्नेहरु सच्चा तरुण होइनन भन्ने पनि कुरा पनि उहाले उल्लेख गर्नुभयो । यस्तै उहाले पार्टी भित्रका गुट-उपगुटबाट तरुण दललाई माथी राखेर पार्टी संगठन मजबुत बनाउन सबैलाई आव्हान समेत गर्नुभयो ।