राजनिति

प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेल पक्का , सगसगै नैतिक दवाब कायमै

अनलाइन नेपालगंज

आईतवार, २८ माघ २०७४

२८ माघ÷ प्रदेश न ५ को मुख्यमन्त्री शंकर पोखरेल बन्ने पक्का भएको छ ।
निर्वाचन सगै मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका पोखरेललाइ प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिने भएको छ ।नेकपा एमाले र माओवादी केन्द्रको एकता अन्तर्गत वाम गठबन्धनका उमेदवार भई प्रदेश सभामा निर्वाचित भएका पोखरेल मुख्यमन्त्री बनेसगै नैतिक दवाव पनि पर्ने भएको छ । दाङ लाइ प्रदेशको राजधानि बनाउने अभियान लियर कृष्णबहादुर महरा सगै निर्वाचनमा होमिएका दुवै नेताले दाङ नै ५ नम्वर प्रदेशको राजधानी हुनेमा कुनै संका नगर्न भन्दै मत मागेका थिए । तर अहिले अस्थाई मुकाम बुटवल तोकिएपछि दुवै नेतालाई नैतिक दवाव परिरहको छ ।
पोखरेललाइ मुख्यमन्त्री बन्नको लागी बाटो खुला भैसकेको छ । एमाले संसदिए दलका नेता समेत भैसकेका पोखरेल वाम गठबन्धनको स्पष्ट बहुमतका साथ मुख्यमन्त्रीको सपथ भोली सम्म खाने लगभग पक्का भएको छ ।