मनोरञ्जन

सेन्टिमेन्टल गीत पछि रोमान्टिक गीत लिएर आए गायक तिर्थराज राई (भिडियो सहित)

अनलाइन नेपालगंज

शनिबार, २७ माघ २०७४

अनलाईननेपालगंज डटकम :
“पागलै बनुकी” यो गीत कतिले सुन्नु या हेर्नु भएको छ । यदि हेर्नु या सुन्नु भएको छ भने अवश्य पनि गायक तिर्थराज राईलाई चिन्नु हुन्छ होला । हो दर्शकबिन निकै संगर्ष गर्दै नेपाली गीत संगीत क्षेत्रमा अगाडी बढिरहेका गायक हुन् तिर्थराज राई । उनले पहिलो प्रस्तुति स्वरूप केहि समय अगाडी “पागलै बनुकी” बोलको गीत सार्वजनिक गरेका थिए । सेन्टिमेन्टल भर्सनमा तयार भएको उक्त गीतले सफलता हासिल गर्यो जसले गर्दा धेरैको माझमा गायक तिर्थराज राईको नाम चिनियो । त्यहि सफलताको हौसलाले गर्दा उनले यति बेला आफ्नो दोस्रो गीत सार्वजनिक गरेका छन् ।

नजिकिदै गरेको भ्यालेन्टाइन डे लाई मध्य नजर गर्दै उनले आफ्नो दोस्रो गीत सार्वजनिक गरेका छन् । प्रेम दिवसलाई लक्षित गर्दै आफ्नो “बाचुन्जेली जिन्दगी” बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । उनको यस गीतमा स्वयम उनलाई शब्द संगीत रहेको छ । यस्तै स्वरमा भने उनलाई गायिका सम्झना ओलीले साथ दिएकी छिन् । गीतको अरेन्ज भने डम्बर ओलीले गरेका हुन् । रोमान्टिक भर्सनमा यो गीत तयार गरिएको छ । गीतको शब्द संगीत निकै सुन्दर रहेको छ । गीत सार्वजनिक भए संगै यति बेला युटुबमा धेरै प्रतिक्रियाहरु आईरहेको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र निर्देशनमा गीतको भिडियो पनि तयार भएको छ । गीतको भिडियोमा नायिका तथा मोडल रेखा फागो र मोडल हेमन हाङ राईले अभिनय गरेका छन् । यस्तै उनिहरु संगै बालकलाकारको रुपमा स्नेहा भण्डारीले पनि यस गीतको भिडियोमा अभिनय गरेकी छिन् । पारिवारिक कथामा प्रेमको मिठो खुराक घोलेर गीतको भिडियोको छायांकन गरिएको छ । भिडियोको छायांकन तथा निर्देशन भने भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । यस्तै भिडियोको सम्पादन भने बुद्ध थापा मगरले गरेका हुन् ।

हेर्नुस भिडियो :