मनोरञ्जन

बैशाख २८ मा “लम्फु” : यस्ता छन् गीतहरु

अनलाइन नेपालगंज

शनिबार, २० माघ २०७४

अनलाईननेपालगंज डटकम :
चलचित्र “लम्फु” को ४ वटा गीतको अडियो सार्वजनिक गरिएको छ । सार्वजनिक चारवटा गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर समावेश रहेको छ ।”सँगै जिउने सँगै मर्ने”, “तिम्लाई भुलेर”, “दोधार दोधारमा” र “सुको छैन यार” बोलका गीतहरु चलचित्र लम्फु भित्र समावेश गरिएको छ । चलचित्रका गीतले मायाप्रेममा रोमान्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेको देखिन्छ ।

चलचित्र नया बर्ष बैशाख २८ गते देखि देशभर प्रदर्शन हुदैछ । गोपालचन्द्र लामिछाने निर्देशित चलचित्रमा नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्र “लम्फू” ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेको भनाई रहेको छ । “लम्फू” लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रमा हरि सिलवालको सम्पादन रहेको छ ।

हेर्नुस गीत :