मुख्य खबर

आज निकै दुर्लभ खग्रास चन्द्रग्रहण लाग्दै. कुन राशीमा कस्तो असर ?

अनलाइन नेपालगंज

बुधबार, १७ माघ २०७४

ग्रहण लागेको बेलामा के – के गर्नु पर्दछ ?
मिति २०७४ साल माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५ : ३२ बजे लागेपनी काठमाडौं उपत्यकामा भने साझ ५:५५ बजे चन्द्रोदय भएपछि मात्र ग्रहण देखिने हुँदा यो समय देखि बार्नु र नदेखिने समयमा बार्नु नपर्ने शास्त्रीय मानयता रहेकोले छ।मध्य ७ : १६ बजे र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ।

यो दिन सवैले बिहान ८ :५५ बजेसम्म भोजन गरिसक्नुपर्ने छ।तर बालक,बृद्ध ,रोगिहरुको लागि छुट छ।यो ग्रहण लागेको बेलामा तिष्य , अश्लेषा नक्षत्र र कर्कट राशी भएका व्यक्तिहरुलाई अतिकष्ट हुनेछ।

अरुहरुलाई भने सामान्य लाभ – हानी हुनेछ। त्यसैले यो बेलामा गंगा स्नान ,जप ,हवन ,पाठ – पारायण ,दान – धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुनेगर्दछ। यो ग्रहण लागेको बेलामा के – के गर्नुहुँदैनभने “निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात् ,पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर :अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति ,बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।” अर्थात् यो बेलामा सुतेमा रोग लाग्दछ ,दिसा – पिसाव गरेमा दरिद्र हुन्छ ,त्यसपछि दिसा – पिसावको किरोको योनीमा जन्महुन्छ ,मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ ,शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगि हुन्छ ,भोजन गरेमा अधोगति {पतन }हुन्छ , बन्धनमा बसेमा सर्पको योनि हुन्छ र कसैलाई वा आफु मरेमा नरकमा जानेछ।

बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ। संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ।पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ।

यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ भने सूर्यग्रहण औंशीका दिन लाग्दछ।प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला।

ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ।

ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ।ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेद लगायत ब्राह्मण ग्रन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्। वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।

पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन्।

सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा।पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ ।साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ।ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ ।किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् ।यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन।शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।

ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु ।ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ ।ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ ।

ग्रहण समयमा पुजा गर्नु हुँदैन ।मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ ।यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन।ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ ।ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

चन्द्रग्रहण फल –

मेष राशि – व्यथा :
वृष राशि – श्रीप्राप्ति :
मिथुन राशि – क्षति :
कर्कट राशि – घात :
सिंह राशि – व्यय :
कन्या राशि – लाभ :
तुला राशि – सुख
वृश्चिक राशि – माननाश :
धनु राशि – कष्ट :
मकर राशि – स्त्रीपीडा :
कुम्भ राशि – सुख
मीन राशि – चिन्ता :