मनोरञ्जन

अमृतको ‘समाउ मेरो हात’ बजारमा (भिडियोसहित)

अनलाइन नेपालगंज

बुधबार, १७ माघ २०७४

गायक अमृत कुमार भट्टको आवाजमा रहेको नया भ्यालेन्टाइन गित समाउ मेरो हात बोलको गित म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ । गायक अमृतले ललितकला क्याम्पसबाट संगीतमा ब्याचलर गरेका छन। अमृतको यस अघिनै कलेक्सन एल्बममा अन्य गितहरु गाउनु भएको छ । यस गीतमा शब्द संगीत समेत गायक अमृतले नै गरेका छन् भने शम्भु बानियाँको एरेन्ज रहेको छ । म्युजिक भिडियोका लागि एकदमै ट्यालेन्टले भरिएका नृत्य अभिनयमा अब्बल मोडेल रोशन बि.केको अभिनय रहेको छ।

रोशन नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो छम्छमी सिजन-३ का उत्कृष्ट १० मा पुग्न सफल हुनुभएको थियो। रोशनसंगै भिडियोमा अमृता भट्टको पनि अब्बल अभिनय देख्न सकिन्छ । अमृताको पनि एकपछि अर्को भिडियो लोकप्रिय हुँदै गाइरहेको हुनाले चर्चा बटुल्दै छिन । भिडियोको निर्देशन रोशन बि.के को नै रहेको छ ।

भिडियो