फिचर

पूर्वका गायक तिर्थराज राईको नेपाली गीत संगीतमा यस्तो कदम

अनलाइन नेपालगंज

बुधबार, ३ माघ २०७४

अनलाईननेपालगंज डटकम :
हरेक क्षेत्रमा केहि सिक्ने र गर्छु भन्ने दृढ संकल्पको ठुलो खाँचो हुन्छ । यस कुरालाई अंगालेर अगाडी बढ्ने व्यक्ति नै भविष्यमा राम्रो नतिजाको हकदार हुन्छ । मनोरंजन पाटोको कुरा गर्ने हो भने नेपाली गीत संगीतलाई पनि निकै महत्वोपूर्ण तरिकाले हेर्ने गरिन्छ । नेपाली परिवेशमा कुरा गर्ने हो भने पनि गीत संगीतको निकै प्रभाव छ । इतिहास पल्टाएर हेर्ने हो भने त धेरै कुराहरु खुल्छ तर वर्तमानको अवस्थालाई पनि संग संगै हेर्ने हो भने आजको समय नेपाली गीत संगीतले धेरै फड्को मारिसकेको अवस्था छ । धेरै नया प्रतिभाले पाईला राखे तर निकै कम टिकेर बसे । त्यसै मध्य भित्रको एक व्यक्तिको नाम हो गायक तिर्थराज राई । संगर्षको पाईला चाल्दै नाथाकेर निरन्तर अगाडी बढेर हिडेका यी गायक आज धेरैको मन मुटुमा बस्न सफल भएका छन् । उनि बहुमुखी प्रतिभाका धनि ब्यक्तित्वो हुन् । उनि भित्र गायिकीको साथमा संगीतकार र गीतकारको क्षेमता पनि भरिएको छ ।

यसै अनुरुप नै उनले आफ्नो पहिलो एल्बम निकै तयारी गरेर निकाले जसको नाम हो “म यस्तो गीत गाउँछु” । यस एल्बम भित्र ५ वटा गीत समावेश रहेका छन् । उनले ५ वटै गीतको रेकर्डिङ कार्य पनि सकिसकेका छन् । यस एल्बममा समावेश ३ वटा गीतमा स्वयम उनको शब्द संगीत र स्वर समावेश रहेको छ । त्यसै मध्यको एक “पागलै बनुकी म” बोलको गीत उनले केहि समय अगाडी नै उनले सार्वजनिक गरिसकेका छन् । यस गीतमा स्वयम गायक तिर्थराज राईको शब्द संगीत र स्वर समावेश रहेको छ । यस्तै यस गीतलाई डम्बर लिम्बुले अरेन्ज गरेका हुन् । गीतको भिडियो पनि निकै मार्मिक तयार भएको देखिन्छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायांकन र डीडुस गजुरेलको सम्पादन रहेको भिडियोमा देव राई , पूनम भण्डारी र सगुन नामबाङको अभिनय रहेको छ । उनले आफ्नो यस गीतलाई आफ्नै नामको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।


माथिका यी कुराहरुले नै उनको बहुमुखी प्रतिभाको स्पष्टिकरण दिन्छ । उनको पहिलो अफिसियल गीतले धेरैको मन छोयो । उनलाई धेरै माझ चिर परिचित पनि बनायो । दर्शक श्रोताको यहि माया र सम्मानलाई कदर गर्दै उनले आफ्नो दोस्रो गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । केहि समय अगाडी मात्र छायांकन सकेर सम्पादनको काम भईरहेको गीतको भिडियो अबको केहि दिनमा नै सार्वजनिक हुने उनले बताए । उनले अबको प्रस्तुति अनुरुप “बाचुन्जेली जिन्दगी” बोलको गीत सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताए । यो गीत पनि उनको पहिलो एल्बम भित्र नै समावेश रहेको उनले बताए । यस गीतमा पनि उनि स्वयमकै शब्द संगीत रहेको उनले जानकारी दिए । यस्तै स्वरमा भने यस गीतमा उनलाई सम्झना ओलीले साथ दिएकी छिन् । यस गीतको भिडियो पनि निकै राम्रो तयार भएको उनको भनाई रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायांकन रहेको यस गीतको भिडियोमा भने नायिका रेखा फागो , हेमन हाङ राई र स्नेहा भण्डारीको अभिनय रहेको छ । यस्तै उनले यस पछि लगतै पहिलो एल्बममा नै समावेश “घात गरि” बोलको गीतको छायांकन सुरु गर्ने जानकारी दिए ।


नेपाली गीत संगीतमा प्रवेश उनको रहर मात्र होइन त्यस भित्रको चाहना र संकल्प पनि हो । उनलाई सानै देखि नै गीत संगीतको मोहले तानिसकेको थियो । हुने बिरुवाको चिल्लो पात भनेझैँ बाल्यकाल देखि नै उनीमा संगीतको प्रभाव परिसकेको थियो । तर उनले जब यो कुरा बुझे उनले धेरै कुरा सिक्न बाँकी थियो । त्यसैले उनि समय संग संगै चले र ज्ञान आर्जनको साथमा अनुभव पनि बटुले । नेपाली गीत संगीतमा उनि लागेको करिब १ दशक बितिसक्यो । करिब ४ बर्ष देखि उनि निरन्तर संगीतको कक्षा पनि लिइरहेका छन् । सबैतिरबाट उनले ज्ञान हासिल गर्ने प्रयास गरिरहेका छन् । आफुलाई कसरि अब्बल साबित गर्ने भन्ने कुरामा उनि बढी ध्यान दिइरहेका छन् । दर्शक श्रोताको माया र हौसला नै आफ्नो ठुलो शक्ति र उर्जा केन्द्र रहेको उनको भनाई रहेको छ । उनको पहिलो गीतले नै उनि भित्रको क्षेमता उजागर गरिसकेको छ । तर उनले आगामी प्रस्तुति त्यो भन्दा पनि राम्रो पेश गर्ने बताएका छन् । यस्तै उनले अबको आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर प्रतिक्रियाको साथमा सल्लहा सुझाब र अगाडी बढ्ने हौसला समेत प्रदान गर्न सबै दर्शक श्रोताहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

हेर्नुस भिडियो :