मनोरञ्जन

वैशाख २८ मा ‘लाउरे’

अनलाइन नेपालगंज

मंगलवार, १८ पुष २०७४

अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘लाउरेले प्रदर्शन मिति तय गरेको छ । चलचित्र आगामी वैशाख २८ गते प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मस्ले जनाएको छ । विक्रमसिंह थारुको निर्देशनमा तयार भएको चलचित्रलाई सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् । यही चलचित्रबाट पप गायकको रूपमा चर्चित रहेका गायक नरेन लिम्बुले सिने नगरीको रूपमा डेब्यु गर्दैछन् ।  चलचित्रमा सृष्टि र नरेनको साथमा मिरुना मगरको मुख्य भूमिका रहेको छ ।

आलोक शुक्लाको छायाङ्कन रहेको चलचित्रको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । बुद्धका प्रमुख थारु निर्माता रहेको चलचित्र लालपुर्जा रिलिज तयारीमा छ । लाउरे मार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन् ।