मुख्य खबर

३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम, जाडो बढ्यो

अनलाइन नेपालगंज

बिहीबार, १३ पुष २०७४

काठमाडौं । देशभर जाडो बढेको छ । काठमाडौंको तापक्रम विहीबार विहानसम्म तीन डिग्रि सेल्सियसमा झरेको छ ।
१ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।