मुख्य खबर

वाम गठबन्धनले पुसको दोस्रो हप्ता सरकार गठन गर्ने, केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

अनलाइन नेपालगंज

शनिबार, २३ मंसिर २०७४

काठमाण्डौ, उत्साहजनक नतिजा आएसँगै वाम गठबन्धनले पुसको दोस्रो हप्ताभित्रमा नै सरकार गठन गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष प्रचण्डबिचको छलफलले चुनावी नतिजा आए लगत्तै सरकार गठन गर्ने विषयमा छलफल भएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने लगभल पक्कापक्की जस्तै भएको छ ।

चुनावपछि सरकार बनाएसँगै पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ । एकीकृत पार्टीको नेतृत्व भने प्रचण्डलाई दिने बताइएको छ ।