मुख्य खबर

काठमाडौं-२ मा माधव नेपाल ११ हजार मतान्तरले विजयी

अनलाइन नेपालगंज

शनिबार, २३ मंसिर २०७४

काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल ११ हजार मतान्तरले विजयी भएका छन्।

उनले २५६३३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त गरेका छन्।

काठमाडौंमा यो एमालेको चौथो विजय हो।

यसअघि काठमाडौं-३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न्।