मनोरञ्जन

सन्तोष अछामीको पार्टी गित सार्वजानिक

अनलाइन नेपालगंज

आईतवार, १७ मंसिर २०७४

नेपाली संगितले पनि पछिल्लो दिनमा फड्को मार्दै गईरहेको छ । यस्तैमा युवा गायक सन्तोष अछामीको आवाजमा डिजे म्यजिक सहितको नयाँ भिडियो सार्वजानिक भएको छ । क्लबमा सुट गरेर तयार पारिएको भिडियो विन्दास टिभिमार्फत सार्वजानिक गरिएको हो । डिजे पाटी सङ्ग बोलको यो गितमा शब्द तथा संगित संगै ¥याप पनि बहुमुखि प्रतिभाका धनी भिम विष्टले दिएका हुन ।

सियोन नेवारले निर्देशन तथा कोरियो ग्राफी गरेको डिजे पाटी सङ्गको यो भिडियोमा कर्मा एसे,कमला थापा लगायतको डान्स समेत देख्न सकिन्छ । फरक तरिकाले तयार पारिएको भिडियोलाई रबिन थापाले खिच्नुका साथै सम्पादन समेत गरेका छन । भिडियोलाई समपुर्ण डिजे म्यजिक पारखी युवायुवतीले रुचाउनेमा भिम र सन्तोष आशावादी छन । हेर्नुहोस तपाई पनि यो भिडियो :