मुख्य खबर

सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना

अनलाइन नेपालगंज

मंगलवार, १२ मंसिर २०७४

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।

विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए । दुर्घटनामा पाइलट घाइते भएका छन् ।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान दुर्घनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्दारको काम जारी छ ।

विमान चालक दलका दुईजना घाइते रहेको बताइएको छ । टायर पञ्चर भएर रनवेमा विमान दुर्घटना भएको हो ।