बिज्ञान/प्रबिधि

यस्ता छन् एप्पलकाे आइफोन–एक्सका समस्या

अनलाइन नेपालगंज

आईतवार, १० मंसिर २०७४

काठमाडाैं, – एजेन्सी आइफोन टेन निर्माता कम्पनी एप्पलको नयाँ आइफोन–एक्स बजारमा लोकप्रियता हासिल गर्ने क्रममा छ। यो फोनको यति धेरै माग छ कि विश्वमा अग्रिम बुकिङ गर्दा पनि धेरै ग्राहकले फोन खरिद गर्न पाएका छैनन्। तर, आइफोन–एक्स किनिसकेका ग्राहकले चाहिँ फोनमा धेरै समस्या झेल्नु परिरहेको छ।

ग्रीन लाइनको समस्या

धेरै प्रयोगकर्ताको गुनासो छ कि, फोनमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको एप प्रयोग गर्नेबेला फोनमा ग्रीन लाइन आइरहेको छ। फोनको बायाँ भागमा ठाडो गरेर हरियो लाइन आइरहेको छ। जसका कारण प्रयोगकर्ताले फोन प्रयोग गर्दा झन्झटको सामना गर्नु परिरहेको छ।

जीपीएसमा समस्या

आइफोन–एक्स प्रयोकर्ताको यो पनि गुनासो छ कि फोनमा जीपीएस सिस्टमले राम्रोसँग काम गरिरहेको छैन। लोकेसन अर्कै ठाउँमा देखाउने तथा म्यापले समेत काम नगर्ने भनेर प्रयोगकर्ताले गुनासो दर्ता गराएका छन्।

स्क्रीन बर्न हुने समस्या

आइफोन बन्द गर्दा पनि धेरै बेरसम्म स्क्रीन झिलिक झिलिक गरिरहन्छ। यस्तो समस्या आईफोन–एक्समा देखिएको प्रयोगकर्ताको गुनासो छ। फोन लक गरेपनि स्त्रीन झिलिक झिलिक गरिरहने तथा स्वीच अफ गर्दा समेत स्क्रीनमा झिलिक झिलिक भइरहने समस्याले प्रयोगकर्ता हैरान भएका छन्।

चिसो ठाउँमा काम नगर्नु

तपाईं आइफोन–एक्स खरिद गर्ने योजनामा हुनुहुन्छ भने यो जान्नु जरुरी छ कि यो फोन चिसो ठाउँमा काम गर्दैन। यसको पुष्टि स्वयम् एप्पल कम्पनीले नै गरिसकेको छ। तर, कतिपय प्रयोगकर्ताको भनाइ छ कि यो फोन ८ डिग्रीसेल्सियस भन्दा कम तापक्रम भएको ठाउँमा बिल्कुल काम गर्दैन। फोनको यस्तो समस्याले धेरै प्रयोगकर्ता हैरान भएकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।