मुख्य खबर

शिव सेना नेपालले जलाए गणतन्त्रको शव

अनलाइन नेपालगंज

बिहीबार, ७ मंसिर २०७४

काठमाडौं । राज्यका सबै संयन्त्रलाई चुनौती दिँदै शिव सेना नेपालले प्रहरीकै अगाडि गणतन्त्रको शव जलाएका छन् । शिव सेना नेपालका भातृ संस्थाहरुले राजसंस्था पुनस्र्थापना र हिन्दू अधिराज्य स्थापनका लागि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन पशुपतिनाथ वनकालीमा यस्तै दृश्य देखियो । गणतन्त्रको शव बनाउँदै गरेका शिव सेनाका कार्यकर्ताहरुलाई करिब ३ सय प्रहरीहरुले वनकालीमा हस्तक्षेप गरेका थिए ।

कार्यक्रम अनुसार वानेश्वरबाट पशुपति आर्यघाटसम्म गणतन्त्रको शवयात्रा गर्ने कार्यक्रम थियो । जसअनुसार वनकालीमा शव निर्माण गरिएको थियो । ‘ शिव सेना नेपालका सुप्रिम कमाण्ड एवं अध्यक्ष अनिल बस्नेतका अनुसार वनकालीमा प्रहरीले अवरोध गरे पनि वानेश्वरबाट अर्को शवयात्रा निस्कियो । त्यो यात्रा आर्यघाटमा पुग्यो । आर्यघाटमा गणतन्त्रको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा प्रहरीहरु मुक दर्शक मात्रै बन्न सके ।

शिव सेना नेपालको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विश्व हिन्दू महासंघ अन्तराष्टियका महासचिव अस्मिता भण्डारीले भोर भत्र्सना गरेकी छन् । प्रहरी हस्तक्षेपका क्रममा शिव सेनाका चार कार्यकर्ता घाइते पनि भएका छन् ।

शिव सेना नेपालको पहिलो चरणको आन्दोलन बुधबारबाट समापन भएको छ । चाँडै नै दोस्रो चरणको आन्दोलनको खाका सार्वजनिक हुने शिव सेनाका अध्यक्ष अनिल बस्नेतले जानकारी दिए ।