स्वास्थ्य

रुघाखोकीबाट छुटकारा पाउन अपनाउनुस यी दश घरेलु उपाय

अनलाइन नेपालगंज

बिहीबार, ७ मंसिर २०७४

काठमाडौं । चिसोमा मौसममा रुघाखोकीको समस्याले धेरैलाई सताँउछ । चिसो मौसममा खोकीले सताएपछि उपचारको लागि हामी डाक्टरकोमा जान्छौं र उनीहरुले लेखिदिएको औषधि खाने गर्छौ तै पनि ठिक हुन केहि दिन लाग्छ । तर घरेलु तरिकाले नै खोकीको उपचार गर्न सकिन्छ र यो उपायले केही घन्टामै हामीले खोकीको समस्याबाट छुटकारा पाउन सक्छौं ।

खोकीको समस्या हटाउने सजिला १० घरेलु तरिका यस्ता छन्

१. मह अदुवा र कागती पानी एक चम्चा मह आधा चम्चा अदुवाको पाउडर र एक कप मनतातो कागती पानी मिसाएर पिउनुहोस । यसले खोकी ठिक गर्छ ।

२. किसमिस र अदुवा आधा मुठ्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरसँग उमालेर पिउनुहोस । यसले आराम मिल्छ ।

३. कागती पानी र किसमिस एक मुठ्ठी किसमिस पानीमा उमाल्नुहोस यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा २ पटक पिउनुहोस ।

४. खुदो एक एक चम्चा खुदो र अदुवा पिस्नुहोस । यसमा एक चम्चा तुलसीको रस मिसाउनुहोस र सेवन गर्नुहोस । यसलाई दिनमा २ वा ३ चोटी खानुहोस राहत मिल्छ ।

५. मेथी मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस खोकी को समस्या हट्छ ।

६. मरिच एक चम्चा महमा थोरै मरिचको पाउडर मिसाएर खानुहोस । दिनमा २ चोटी यसो गर्नालो सर्दी खोकी दूर हुन्छ ।

७ अदुवा एक चम्चा अदुवाको पाउडर सँग एक गिलास पानी उमालेर पिउनुहोस । यसले इन्फेक्सन र भाइरससँग बचाँउछ ।

८. बेसार बिहान बेलुका दुधमा बेसार मिसाएर पिउनुहोस । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्छ ।

९. अँगुर आधा कप अँगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहानबेलुका पिउनुहोस । यसले खोकीबाट राहत मिल्छ ।

१०. तुलसी एक कप तातोपानीमा ५–६ तुलसीको पत्ति उमाल्नुहोस । यसलाई ठन्डा गरेर दिनमा २–३ चोटी पिउनुहोस