बिचित्र संसार

यस्तो शहर जहाँ बस्दा पैसा पाइन्छ !

अनलाइन नेपालगंज

आईतवार, ३ मंसिर २०७४

शहरमा बस्ने रहर प्राय सबै मानिसहरुलाई हुन्छ । तर कतिपय शहरको मंहगी थेग्न नसकेर गाउँ फर्किरहेका पनि हुन्छन तर दुनियाँमा यस्तो शहर पनि छ जसमा बस्दा उल्टो पैसा पाइन्छ ।

इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् ।

मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पुर्याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ ।यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए ।

मेयरले यो अफरअन्तर्गत सिंगललाई ८०० युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन् । तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ ।

यहाँ बस्नखोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ । मेयरसँग काम गर्ने एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो रहेको छ ।