मुख्य खबर

प्रकाशको बाटोमै सास गइसकेको थियो : नर्भिक

अनलाइन नेपालगंज

आईतवार, ३ मंसिर २०७४

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।

अस्पतालका अनुसार प्रकाशलाई आइतबार बिहान ५ः५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउदै गर्दा उनको शरीरमा जीवनको कुनै संकेत नभएको अस्पतालले जनाएको छ । चिकित्सकले उनलाई ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरेका थिए ।