राजनिति

हुम्लामा कम्युनिष्ट गठबन्धनद्वारा चुनावी प्रचार सुुरु

अनलाइन नेपालगंज

आईतवार, २६ कार्तिक २०७४

राजन रावत
सिमकोट, २५ कार्तिक– अासन्न मंसीर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा कम्युनिष्ट गठबन्धनले चुनावी प्रचार प्रसार सुरू गरेकाे छ ।

कम्युनिष्ट तालमेल विरुद्ध वागी उम्मेरदार दिएका माओवादी पोलिट व्यरो सदस्य छक्क वहादुर लामालाई माओवादी केन्द्रले साधारण सदस्यता समेत नरहने गरि कारवाही गरे पछि र एमालेले जिल्लामा वाम तालमेलको आधिकारिक उम्मेरदारलाई सहयोग गर्न निर्देशन दिए पछि चुनावी प्रचारका लागि जिल्लाको दुईतिर दुवै दल संयुक्त टोली वनाएर चुुनावी प्रचारमा लागेका हुुन ।

पार्टीले केन्द्रवाट कम्युनिष्ट तालमेलका आधिकारिक उम्मेरदार छिमी दोर्जी लामालाई सहयोग गर्न सर्कुुलर गरे पछि त्यसै अनुसार जिल्लामा एमाले लागेको एमाले अध्यक्ष दल रावलले वताउनुु भयो । केन्द्रको सर्कुुलर पछि एमाले हुम्लामा आधिकारिक वा वागी कसलाई सहयोग गर्ने भन्ने अन्यौलता हटेको र त्यसै अनुुसार अव चुुवानी प्रचार अभियान शनिवारवाट सुुरु भएको अध्यक्ष रावलले वताउनुु भयो ।

यतिखेर वाम तालमेलको तर्फवाट एमाले पोलिट व्यरो सदस्य गोरख वहादुर वोगटीको नेतृृत्वमा प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी एवं माअ‍ोवादी केन्द्रका जिल्ला संयोजक छिमी दोर्जी लामा र प्रदेश सभा सदस्य पदका प्रत्यासी एवं एमाले जिल्ला अध्यक्ष रावलको सम्युुक्त टोली जिल्लाको दक्षिणी क्षेत्रमा घरदैला, आमसभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहेको चुनावी प्रचार टोलीका संयोजक तीर्थराज रोकायाले वताउनुु भयो ।

भने माथिल्लो हुम्लामा एमाले प्रदेश कमिटी सदस्य लोक वहादुुर हमालको नेतृृत्वमा प्रदेश सभा सदस्य पदका प्रत्यासी विजय भण्डारीको टोली प्रचार अभियानका रहेको संयोजक रोकायाले वताउनुु भयो । शुुक्रवारसम्म दुुवै पाटीको आ आफ्नै चुनावी प्रचार अभियान संचालन हुुदै आएको थियो । माओवादीको वागी उम्मेरदारको कारण एमाले द्धिवीधामा रहेको थियो । वागी उम्मेरदार छक्क वहादुुर लामा जिल्लामा आधिकारी उम्मेरदार छिमी दोर्जी लामा भन्दा प्रभावशाली भएको कारण एमाले अप्ठ्यारोको परेको थियो र केन्द्रको सर्कुुलरले एमालेलाई आधिकारी उम्मेरदारका पक्षमा लाग्न वाध्य पारेको एमाले कार्यकर्ता वताउनुु थालेका छन ।

यसै विच माओवादी केन्द्रका प्रभावशाली कार्यकर्ताहरुको शनिवारसम्म वागी उम्मेरदार छक्क वहादुुर लामा कै पक्षमा देखिएको कारण प्रतिनिधि सभा सदस्य पदका लागि वाम तालमेललाई चुनाव फलामको च्युुरा सावित हुने विश्लेषण गर्न थालिएको छ । पार्टीले कारवाही गरे पनि पोलिट व्युरो सदस्य छिरीङ डम्डुुल लामा सहित दुुई दर्जन भन्दा वढि माओवादी केन्द्रको हुम्ला जिल्ला सचिवालय सदस्यहरु वागी उम्मेरदार लामा संगै चुनावी प्रचारमा रहेकोले काँग्रेससंग वागी कै प्रतिश्प्रर्धा हुने माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र रावतले वताउनुु भयो ।